२०७७ मङ्सिर १४, आइतबार

img-responsive

०९:२८:५३

 

कविता : अनुत्तरित प्रश्न (-प्रतिभा राई)

img-responsive
गोठालो खबर -३ २०७७ मङ्सिर ६, शनिबार,०६:१६:PM  
img-responsive

-प्रतिभा राई

अनुत्तरित प्रश्न

केही अनुत्तरित प्रश्नहरू छन् 
आफैसङ घोत्लिन्छु हजारौँ पटक 
अँह, मैले कहिल्यै सरल रूपमा 
आफैलाई प्रतिउत्तर दिन सकिन। 

समस्या, समय, सम्झौता, संवेदना र सम्झना 
उस्तै छन् अझै पनि दिलभित्र मेरो 
कोसौ दूर हुत्त्याएर पटाइदिन्छु 
पलभरमै अगाडी ठिङ्ग उभिएर 
प्रश्न प्रतिप्रश्न गरिरहन्छ प्रतिबिम्ब ।

क्षणभरको थिएन मेरो आशक्ति 
शपथ खाएरै भन्न सक्छु 
मैले कहिल्यै कसैसङ 
आँचल फैलाएर दयाको भिख मागिन 
बाच्नु थिएन मलाई बिचरा भएर जिन्दगी । 

देख्छु अझै पनि त्यही गोरेटो चौतारोमा 
धारा पाटी र सल्लेरीमा सुस्ताएको 
र भाग्दै भाग्दै आफ्नै जीवनसङ 
हेर न म कति दूर आसके । 

नसोच जिन्दगी हारे मैले दाउमा हालेर
 भए पनि भोलिको लागि लडखडाउँदै उभिनु छ मलाई ।

 


जीन्दगी

घामपानी छल्दाछल्दै 
जिन्दगी सकिएर जान्छ बेहिसाब 
भन्नु धेरै छ सोचेर बस्दा बस्दै 
सुनाएर जान्छ बतासले आफ्नै सुस्केरा 
अन्ततः मौन रहनुको विकल्प नभेटी 
कोरेर बस्छु बाङ्गा टेढा धर्साहरू।।
 .....................................
 .....................................

समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com