२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:४०:४३

 

नेपालमा सार्वजनिक सेवा प्रवाहको वर्तमान अवस्था चित्रण गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन के कस्ता कदमहरु चाल्नु पर्ला ? उल्लेख गर्नुहोस । (लोकसेवा दर्पण )

img-responsive
नरेन्द्र पराजुली , २०७७ मङ्सिर ६, शनिबार,१०:२५:AM  
img-responsive

नेपालमा सार्वजनिकसेवा प्रवाहको वर्तमान अवस्था चित्रण गर्दै सार्वजनिकसेवा प्रवाहलाई थप प्रभावकारी बनाउन के कस्ता कदमहरु चाल्नु पर्र्ला उल्लेख गर्नुहोस । (लोकसेवा दर्पण )

(बिषयगत)

सरकार आफैले वा सरकारसँग सम्बन्धित पात्रहरुद्धारा सार्वजनिकहित प्रबर्धनका लागि प्रदान गर्ने नियमित, आकस्मिक, कल्याणकारी र विकासात्मक सेवाको समष्टि नै सार्वजनिकसेवा हो । सार्वजनिकसेवा प्रवाह सरकारको सक्षमता र प्रभावकारीता मापन गर्ने मुख्य औजार हो ।

नेपालमा सार्वजनिकसेवा प्रवाहलाई व्यवस्थित, मर्यादित, समयानूकुल र जनचाहना मुताविक बनाउन केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न नीतिगत, संस्थागत र अन्य व्यवस्था गरिएको पाईन्छ । 

नीतिगत रुपमा

    नेपालको वर्तमान संविधान,
    चालु आवधिक योजना, 
    स्थानीय प्रशासन ऐन २०२८
    सुशासन व्यवस्थापन तथा संचालन ऐन २०६४
    सार्वजनिकखारिद ऐन २०६३
    सूचनाको हक सम्बन्धी ऐन २०६४
   भ्रष्टचार निवारण सम्बन्धी ऐन २०५९ 
  निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० आदिको व्यवस्था गरिएको छ ।

 संस्थागत रुपमा 

  संघीय, प्रादेशिक तथा स्थानीय तहका विभिन्न मन्त्रालयहरु, विभाग र कार्यालयहरु
   संवैधानिक निकायहरु 
   सार्वजनिकसंस्थान आदिका व्यवस्था गरिएको छ ।

अन्य

  नागरिक वडापत्र, गुनासो सुनुवाई, ई बिडिग, घुम्ति सेवाको प्रयोग र प्रचलन
 नतिजामुखी अनुगमन मुल्याङ्कन, टोकन प्रणाली, सूचना अधिकारी, प्रवक्ता तोक्ने लगायतको व्यवस्था 
 NPM, NPS जस्ता विधिहरु कार्यान्वयनमा ल्याउन खोजिएको छ । 
 Online विधिबाट केहि ठाँउमा सेवा प्रवाह लगायतको काम गर्न सुरु गरिएको छ

 जसबाट 

  • पारदर्शिता प्रबर्धनका प्रयासहरु भएका छन
  • सेवा प्रवाहमा विश्वमा आएका नविनतम विधिको उपयोग गर्न थालिएको छ 
  • क्षतिपूर्ति सहितको नागरिक वडापत्रको कार्यान्वयनका लागि केहि प्रयासहरु भएका छन
  •  भ्रष्टचार पहिला भन्दा घटदै गएको छ
  • सूचनाको हकको प्रयोगमा व्यापकता आएको छ
  • जनमुखी सेवा प्रवाहका प्रयास सुरु भएका छन
  • कानूनी शासनको प्रत्याभुतिका लागि आधार स्थापना भएको छन 
  • सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगले चुस्तता आएको छ
  • सेवा प्रवाह गर्ने निकायबीच समन्वय र सहकार्यमा बढोत्तरी भएको छ आदि 

​यद्यपी, विभिन्न नीतिगत, संस्थागत र अन्य व्यवस्था हुँदा हुँदै पनि सेवा प्रवाहमा निम्न समस्या रहेको गुनासो बढिरहेको सुनिन्छ,

  • सेवा प्रवाह नतिजामुखी भन्दा प्रक्रियामुखी भएको 
  • भ्रष्टचार अपेक्षित रुपमा घटन नसकेको 
  • Public audit, Social audit, Public hearing जस्ता विधिकोे न्युन प्रयोग  
  • कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन प्रणालीलाई ३६० डिग्रिमा रुपान्तरण नभएको 
  • सेवा प्रवाहमा काम पन्छाउने प्रवृति हावि रहेको
  • लक्षित वर्गमा सेवा पुग्न नसकेको 
  • NPM,NPS जस्ता विधिहरुको बस्तुनिष्ट प्रयोग हुन नसकेको 
  • सेवाको प्रयाप्तता र गुणस्तरता सन्तोषजनक नभएको
  • सेवा प्रवाहमा समन्वयको अभाव रहेको
  • क्षतिपूर्ति सहितको नागरिक वडापत्रको व्यवहारिक प्रयोग हुन नसक्नु 
  • सेवा प्रवाह जनताकेन्द्रीत नभएको
  • सेवा, योग्यता, क्षमता र ईच्छाको आधारमा कर्मचारी व्यवस्थापन गर्न नसकिएको

साथै  भ्रष्टाचार सूचकाङ्क प्रतिवेदन सन २०१९ अनुसार नेपाल विश्वका १८० राष्ट्रहरुमा गरिएको सर्वेक्षणमा ११३ औ स्थानमा रहनु , सुशासन सुचकाङ्कमा पनि पछाडि रहनु, काम फर्छौट गर्न लाग्ने समय पनि धेरै हुनु, सेवा प्रवाहमा नातावाद भएको जनगुनासो सुनिनु, कमजोर वर्गको आवाज नसुनिनु जस्ता तथ्याङ्कले सेवा प्रवाहमा समस्या रहेको पुष्टी गर्दछ ।

प्रभावकारी बनाउने उपाय

सार्वजनिकसेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निम्न उपाया अवलम्वन गर्नुपर्दछ

  • सुस्पष्ट दिर्घकालिन सोचमा आधारित नीतिको निमार्ण गर्ने  
  • बोझिला र भद्दा सांगठानिक संरचनालाई समयानूकुल रुपमा उपयुक्त आकारमा चुस्त र दुरुस्त बनाउने
  • NPM,NPS जस्ता विधिहरुको बस्तुनिष्ट प्रयोग गर्ने
  • सेवा प्रवाहमा रहेका कमजोरी हटाउदै संरचनात्मक परिवर्तन गर्ने तथा दोहोरोपना हटाउने
  • प्रक्रियामुखि सेवा प्रवाहलाई नतिजामुखि सेवा प्रवाहमा रुपान्तरण गर्ने कौसलको विकास गर्नै
  • सेवाग्राही सन्तुष्टि मापन गर्ने संयन्त्रको विकास गर्ने
  • नतिजामुखि अनुगमन र मुल्याङ्कन प्रणालीको विकास र सोको कार्यान्वयन गर्ने 
  • कार्यक्षेत्रमा भएको अपारदर्शि क्रियाकलापलाई सदाको लागि अन्त्य गर्ने पद्धतिको विकास गर्ने
  • दण्ड र पुरस्कार नीतिको व्यवहारिक प्रयोग गर्ने 
  • क्षतिपूर्ति सहितको नागरिक वडापत्रको पुर्ण रुपमा कार्यान्वयन गर्ने 
  • कर्मचारीको कार्यसम्पादन मुल्याकन प्रणालीलाई ३६० डिग्रिमा रुपान्तरण गर्ने 
  • Public audit, Social audit, Public hearing जस्ता विधिकोे बढि भन्दा बढि प्रयोग गर्ने 

अन्त्यमा

सार्वजनिकसेवा प्रवाह सरकारको प्रभावकारीता मापन गर्ने कसी हो । यो जनताको चाहना, आवश्यकता र ईच्छा अनुसार प्रदान गर्नु सरकारको दायित्व हो भने जनताको प्राप्त गर्न पाउने अधिकार हो । तसर्थ सेवा प्रवाह उपलब्धिका हिसाबले प्रक्रियामुखी नभई नतिजामुखी, चरित्रका हिसावले समावेशी र आकारका हिसावले चुस्त र छरितो हुनुपर्दछ साथै जनताको बास्तविक पहुँचमा आधारित हुनपर्दछ ।

नरेन्द्र पराजुली
शाखा अधिकृत

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com