२०७७ मङ्सिर १४, आइतबार

img-responsive

०९:४५:१४

 

आजको मौसमः  पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

img-responsive
गोठालो खबर -१ २०७७ मङ्सिर ६, शनिबार,०७:५६:AM  
img-responsive

काठमाडौँ, ६ मंसिर । आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका एक दुई ठाउँमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यसैगरी शनिबार राति पनि पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले जनाएका छन् । प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा राति हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने छ ।

यस्तै, हिमाली भेगमा हल्का हिमपात हुने महाशाखाले जनाएको खबर आजको समाचारपत्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com