२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

१०:५५:०७

 

सालकको खपेटा अटोको सिटमुनि

img-responsive
गोठालो खबर -१ २०७७ मङ्सिर ५, शुक्रबार,०४:२४:PM  
img-responsive

उदयपुर, ५ मंसिर । सालकको खपेटा सहित ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा पिपल चोकबाट ३ सय ८० ग्राम तौल भएको सालकको खपेटा (आखेटो पहार) सहित सोही नगरपालिका–१४ टोड्केका पहलमान कटुवाल बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

    साउनेबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह २६९० नम्बरको अटोलाई नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त अटोको सिटमुनि लुकाई राखेको उक्त खपेटा फेला पारी अटोका चालक कटुवाललाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com