२०७७ मङ्सिर १४, आइतबार

img-responsive

०९:५२:५६

 

देशभर १९४५ जनामा कोरोना पुष्टि, मृतकको सख्या १३ सय नजिक

img-responsive
गोठालो खबर -१ २०७७ मङ्सिर ५, शुक्रबार,०४:१७:PM  
img-responsive

काठमाडौं,  ५ मंसिर । नेपालमा कोरोना भाइरसका आज  १९ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  ५३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

देशभर १९  सय ४५ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ११ सय ७ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा १० हजार ३ सय ४० जनाको पिसीआर परिक्षण गरेको जनाएको छ । आज २४ घन्टामा २२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२९८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com