२०७७ मङ्सिर १४, आइतबार

img-responsive

११:०९:२५

 

बलात्कार गरेको भिडियो बनाउने युवा पक्राउ 

img-responsive
गोठालो खबर -१ २०७७ मङ्सिर ४, बिहीबार,०३:५०:PM  
img-responsive

सिरहा, ४ मंसिर । एक युवा बलात्कार गर्ने अर्का युवाले भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने एकजना पक्राउ परेका छन् । युवतीलाई जबरजस्ती बलात्कार गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

२२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेर उनकै अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेर दिक्क बनाएपछि युवती प्रहरी समक्ष उजुरी दिन पुगेकी थिइन् । ती महिलालाई २३ वर्षीय जितन रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्दै तर्साउँदै आएका थिए ।  

अजयलाई ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको बताएको छ । हाल फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com