२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:२९:२७

 

युनाईटेड इदी–मर्दी एण्ड आर बी हाइड्रोपावरको आइपिओमा पहिलो दिनमै माग भन्दा आवेदन बढी

img-responsive
गोठालो खबर -२ २०७७ मङ्सिर ४, बिहीबार,१०:००:AM  
img-responsive

मङ्सिर ०४, काठमाण्डौ।

स्थगित भएर पुन: बिक्री खुल्ला भएको युनाईटेड इदी–मर्दी एण्ड आर बी हाइड्रोपावरको निष्काशन भएको आइपिओमा पहिलो दिनमै माग भन्दा बढी आबेदन परेको छ । 

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलबाट प्राप्त तथ्यांक अनुसार पहिलो दिनमानै लगभग ८३ हजार आबेदनकर्ता बाट ११ लाख ३८ हजार २६० कित्ता शेयरको माग भएको छ । 

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।  कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ। यसअघि स्थानीयलाई जारी गरिएको ४ लाख २० हजार कित्तामध्ये बिक्रि  नभएको २ लाख ४३ हजार ९१० कित्ता सेयर पनि पुन समावेश गरी यो आइपिओ पुन: जारी गरिएको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाएको छ। आईपीओमा आवेदन दिदा छिटोमा मंसिर ७ गते सम्म दिन सक्नेछन। 

आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको ‘केयर एनपी डबल बी प्लस ’ रेटिङ प्रदान गरेको छ। 

सर्वसाधरणले आस्वा प्राप्त बैंक तथा मेरोसेयर आदि मार्फत दरखास्त दिन सक्नेछन।   

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com