२०७७ मङ्सिर १४, आइतबार

img-responsive

११:०३:५४

 

भोजपुरमा कोरोनाबाट पहिलो पटक युवतीको मृत्यु

img-responsive
वाई राज विष्ट , २०७७ मङ्सिर ३, बुधबार,०३:१५:PM  
img-responsive

भोजपुर, ३ मंसिर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

कार्तिक १९ गते विपी कोईरला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरामा कोरोना परिक्षण गराउदा युवतीको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनी घरमै होम आईसोलेसन बस्दै आएकी थिईन । मृतकको सव व्यवस्थापनको लागि फस्ट रैफल गण भोजपुरको टोली सो स्थल तर्फ गएको प्रजिअ पुरीले बताए ।  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com