२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:५६:०४

 

रौतहटको इनर्वामा क्रिकेट टूर्नामेंट उद्घाटन

img-responsive
अब्दुल समाद , २०७७ मङ्सिर १, साेमबार,१२:३५:PM  
img-responsive

रौतहट, ०१ मंसिर। आईतबार जिल्लाको बौधिमाई नगरपालिकाको -२ इनर्वामा इनर्वा प्रीमियर लिंग टी२० क्रिकेट टूर्नामेंट नेता राजनबाबू जयसवालद्वारा उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता धरमेंद्र प्रसाद पटेलको अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता तथा राजन बाबु जयसवालद्वारा इनर्वा प्रीमियर लिंग क्रिकेट टूर्नामेंट उद्घाटन गरेका हुन्। साथै उहाँले यस टूर्नामेंटको आयोजक न्यु स्टार युवा क्रिकेट क्लबलाई धन्यवाद व्यक्त गरेका छन् । युवाहरुलाई हरेक समाजिक कार्यमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो उद्घाटन कार्यक्रममा मन्तब्यको क्रममा बोल्दै युवा नेता राजनबाबू जयसवालले खेलाडीहरुको खेलको क्रममा सभ्य र नियमको दायरामा रही मर्यादित ढंगले खेल प्रदर्सन गरिदिनु हुन् आयोजकलाइ आग्रह गरेका छन् । खेलको खेलाडीलाई शारीरिक, मानसिक मित्रतापूर्ण स्भावाको बिकाश हुने खेलाडीहरुको  प्रंशासा गरे । रौतहटको युवाहरु खेलमा पनि जिल्लाको नाम रोशन गरोस् भन्ने हाम्रो चाहना व्यक्त गरे । कोरोनभाइरस महामारीको कारण क्रिकेट खेल्न नपाएका ले खेल क्षेत्र खराब हुदै गएको कारण खेलाडीहरू समक्ष दु:ख व्यक्त गरेका थिए । युवाहरु को खेल प्रति मनोबल बढोस् भन्ने उनको चाहना रहेको बताए ।

सो कार्यक्रममा नेपाली कांग्रेसको स्थानीय नेता शंकर मसताना, मुदालाल प्रसाद पटेल, राजाराम प्रसाद कुशवाहा, राम प्रसाद पटेल, भोला यादव, सुरेश शाह, रामपात पटेल, रामजीवन पटेल, हेमचन्द्र यादव, बृजभुशन मिश्र, राजेश प्रसाद कुशवाहा, पवन पटेल, अमोध पटेल लगायत नेपाली कांग्रेसका बिभिन्न कार्यकार्ताहरु क्रिकेट प्रेमी तथा स्थानीयहरु लगायत करिब ५०० सय जनाको उपस्थिति रहेको थियो। सोह्र वटा सहभागी टिम मध्य उद्घाटन कार्यक्रमको बीच बौद्धा र कोपवा बीच टिम हुने खेलमा युवा नेता जयसवालले टस गरेर दुवै बीच खेल शुरु गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com