२०७७ माघ ४, आइतबार
०६:३५:५७
२० असार २०७७। मेस्सी ले बार्सिलोना छाड्ने निर्णय कति सत्य कति झुट भनेर अड्कल बाजी गर्न थालिएको छ|पछिल्लो समय बार्सिलोना क्लब को खराब प्रदर्शन, खेलाडी हरु संगको मनमुटाब , तथा मैदान बाहिर र मैदान भित्रको विवाद छताछुल्ल भएपछी उनको क्लब छाड्ने निर्णय माथि शंका का उपशंका उब्जिनु स्वभाविक भएको छ।
स्पेनको एक प्रतिष्ठित रेडियो स्टेसन अनुसार क्लबका कप्तान समेत रहेका मेस्सीले क्लबसँग सम्झौता नविकरणबारे छलफल रोक्न आफ्नो पितालाई आग्रह गरेका जनाएको छ । तर बार्सिलोनाले मैदानभित्र लगातार खराब नतिजा हासिल गर्दा मेस्सी उक्त नतिजाको केन्द्रविन्दु बन्दै आएका छन् । बार्सिलोना अध्यक्ष बार्टोमेउ र मेस्सीका पिताबीच पछिल्लो केहि सातायता सम्झौता नविकरणलाई लिएर छलफल चलिरहेको थियो।
कोरोना भाइरस को कहर अघि बार्सिलोना रियल म्याड्रिडभन्दा २ अंक अघि थियो । तर, पछिल्लो ६ खेलमा ६ अंक गुमाएपछि बार्सिलोना पछि परेको हो ।अहिले बार्सिलोना रियल म्याड्रिडभन्दा ४ अंक ले पछी परेको छ भने लिग जित्न पनि कठिनाइ भैरहेको छ । एजेंसी को सहयोगमा