२०७७ मङ्सिर १४, आइतबार

img-responsive

११:१२:५७

 

सहकारीको महत्वबारे प्रकाश पार्दै नेपालमा सहकारी क्षेत्रका समस्या र  समाधानका उपायाहरुको बारेमा चर्चा गर्नुहोस । (लोकसेवा दर्पण )

img-responsive
नरेन्द्र पराजुली , २०७७ कात्तिक २९, शनिबार,०९:५९:AM  
img-responsive

सहकारीको महत्वबारे प्रकाश पार्दै नेपालमा सहकारी क्षेत्रका समस्या र  समाधानका उपायाहरुको बारेमा चर्चा गर्नुहोस ।

 (विषयगत)

सहकारीको महत्व

आर्थिक, सामाजिक तथा सास्कृतिक उद्देश्य पुरा गर्नका लागि एकका लागि सबै र सबैका लागि एक भन्ने मुल मन्त्रमा समाहित समाजमा छरिएर रहेको स सानो पूँजीलाई एकिकृत गर्नका लागि स्थापित समुह नै सहकारी हो । सरकारका ३ वटा खम्बे अर्थनीति मध्य एउटा महत्वपुर्ण खम्बाको रुपमा रहेको सहकारीको महत्वलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ: 

    थोरै बचत बाट अधिकतम लाभ लिन
    आत्मनिर्भर भई ग्रामिण अर्थतन्त्रमा योगदान दिन
    उद्यमसिलताको विकास गर्न
    विपन्न वर्गको आर्थिक अभाव पूर्ति गर्न
    रोजगारी सृजना गर्न
    सामाजिक सदभाव र एकिकरण गर्न
   आर्थिक रुपले विपन्न वर्गलाई जीवनयापनमा सहजता प्रदान गर्न
    गरिबी निवारणमा सहयोग गर्न
    पिछडिएका वर्गको सशक्तिकरण गर्न
    समाजिक न्याय र समानता कायम गर्न
    बचत गर्ने बानीको बिकास गर्न
    आपसमा सहयोगी भावनाको विकास गर्न
    छरिएर रहेको पुँजीलाई एकिकृत गर्न

नेपालमा सहकारी क्षेत्रका समस्याहरु

आर्थिक समृद्धिको आधारको रुपमा रहेको सहकारी क्षेत्रका नेपालमा रहेका समस्याहरुलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ 

१. संघीयताको कार्यान्वयन सँग सँगै सहकारी क्षेत्रको नियमन र व्यवस्थापनका सम्बन्धमा स्पष्ट रोडम्यापको अभाव
२.सहकारी स्थापना सिद्धान्तका आधारमा भएपनि त्यसको व्यवहारिक प्रयोग नहुनु
३. उत्पादनशील क्षेत्रमा सहकारीहरुले लगानी बढाउन नसक्नु
४. सहकारी क्षेत्रमा घुमाउरो पाराले संचालन समितीले मात्र सेवा सुविधा लिने प्रवृति हाबी हुनु
५. अधिकतम व्याजदरमा ऋण लगानी गरि कमजोर वर्गलाई झन मारमा पार्ने प्रवृति हावि रहनु
६. कमजोर व्यवस्थापनका कारण खराब ऋण बढदै जानु
७. सहकारीको दर्ता र यसका कृयाकलाप संचालन शहर केन्द्रीत हुन
८.सहकारीको नियमन गर्ने निकायका पदाधिकारीहरुलाई दक्ष बनाउन समयानूकुल तालिम तथा प्रशिक्षणको अभाव
९. ऋण लगानीमा चक्रवृद्धि व्याज, समदर जस्ता विधीको अत्याधिक प्रयोग गरि शेयर सदस्यालाई मारमा पर्ने प्रवृति हावी हुनु
१०. संचालन सदस्य र शेयर सदस्यमा विभेदको अवस्था हाबी हुनु
११. संचालक समिती,अन्य समिती लगायत अन्य शेयर सदस्यमा समान्य विक्तिय साक्षरताको अभाव हुनु

समाधानका उपायाहरु

१.संघीयताको मर्मलाई आत्मसाथ गर्दै सहकारी दर्ता,नियमन र व्यवस्थापनको जिम्मा सम्बन्धित सरकारले बस्तुनिष्ठ तरीकाले लिने 
२. सहकारी सिद्धान्त, मुल्य मान्यतालाई आत्मसात गरि सहकारी संचालन गर्ने परिपाटीको विकास गर्ने
३. सहकारी क्षेत्रलाई बढि भन्दा बढि उत्पादनसिल क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने
४. सहकारी संस्थाका गतिविधिहरु पारदर्शी बनाई सबै सदस्यहरुलाई जानकारी गराउने
५. नाफा भन्दा पनि सेवामा आधारित भई शेयर सदस्यको जीवन उस्किने गरि लगानी गर्ने पद्धतीको विकास गर्ने
६. व्यवस्थापन शैलिका कमजोरीहरु हटाई खराब कर्जा लाई निरुत्साहित गर्ने
७. सहकारी संस्थाका गतिविधिहरु ग्रामीण क्षेत्रलाई समेटने गरि संचालित गर्ने गराउने परिपाटीको विकास गर्ने
८. सहकारी संस्थाका कर्मचारी, नियमनकारी निकायका पदाधिकारी तथा सदस्यहरुलाई समयानूकुल रुपमा प्रशिक्षणको व्यवस्था गर्ने
९. ऋण लगानी कमजोर वर्गको उत्थान हुुने गरि तथा प्रचलित कानून र विधी अनुसार गर्ने गराउने

अन्त्यमा,
 सदस्यको साझा हित प्रवद्र्धनका लागि सदस्यको साझा सम्झौताको योग नै सहकारी हो । स्वावलम्बन र पारस्पारिकताको जगमा अडेको सहकारीले नेपालजस्तो मूलुकको आर्थिक समृद्धिमा अचुक सहयोग गरेको छ । यद्यपी यसले कमजोर वर्गको उत्थान र उनीहरुलाई सहकारी प्रति अपनन्व बोध गराउन सोचेजस्तो सकेको देखिदैन । उत्पादनमुलक क्षेत्रमा लगानी बढाई सहकारीका मुल्य, मान्यता र सिद्धान्त परिपालनामा सम्बद्ध सबै पक्षको अर्थपुर्ण तत्परता साथै सदस्यहरु बीच आपसी सहयोग सदभाव र समन्वबाट मात्र गतिबिधि संचालन गरे यस क्षेत्रले आर्थिक समृद्धिमा सोचेको लक्ष्य पुरा गर्ने देखिन्छ ।

नरेन्द्र पराजुली
शाखा अधिकृत

(वस्तुगत  / सामान्य ज्ञान)

१) Aurora station के संग सम्बन्धित छ ?

  • अन्तरिक्षमा बन्ने होटलको नाम, (सन् २०२१ मा निर्माण सम्पन्न हुने र सन् २०२२ देखि सञ्चालनमा आउने यस होटललाई Orion span नामक अमेरिकी संस्थाले निर्माण गरिरहेको छ) 

२) विश्वको सबै भन्दा पुरानो मरुभूमी कुन हो ?

  • नामीव मरुभूमी 

३) बहुचर्चित Area 51 के हो ?

  • अमेरिकी वायु सेनाको प्रशिक्षण क्षेत्र 

४) संशारको सबै भन्दा लामो खण्डकाब्य “महाभारत” का रचइता को हुन ?

  • वेदव्यास/कृष्ण द्धैपायन (वेदव्यासले उक्त महाकाव्य लेख्न अक्षयतृतियाका दिन सुरु गरेका थिए भने ३ वर्षमा लेखि सकेका थिए)

५) चर्चित Online गेम PUBG को पुरा रुप के हो ?

  • Player Unknowns Battle Grounds (यो गेम आयरल्याण्डका Brendan Greene ले दक्षिण कोरियाली भिडियो गेम कम्पनी Bluehole का लागि सन् २०१७ मा बनाएका हुन)

६) गुरु नानकको जन्म कहा भएको थियो ?

  • पाकिस्तान 

७) सार्कको प्रथम शिखर सम्मेलनमा नेपालको तर्फ बाट कसले भाग लिएका थिए ?

  • राजा विरेन्द्र 

८) हाल नेपालमा प्रति हेक्टर रुख संख्या कति रहेको छ ?

  • ४३० वटा

९) विश्व मुटु दिवश कहिले मनईन्छ ?

  • सेप्टेम्बर २९ 

१०) चर्चित फुटबलर लुका मोड्रिक कुन देशका हुन ?

  • क्रोएसिया 

११) विलास मन्दीर भनेर कुन दरबारलाई चिनिन्छ ?

  • वसन्तपुर दरवार 

१२) प्रचिन कालको “रामचरित्र मानस” र आधुनिक कालको “कृष्णायन” कुन भषाका प्रसिद्ध महाकाव्य हुन ?

  • अवधी 

१३) नेपालको सबै भन्दा पुरानो लिपी कुन हो ?

  • ब्रह्मी लिपी 

१४) लाइब्रेरी पर्व कहिले भएको थियो ?

  • वि.सं. १९८७ मा 

१५) सवै भन्दा गह्रौ धातु कुन हो ?

  • ओस्मियम 

१६) पक्षघात बिरुद्ध दिइने खोप कुन हो ?

  • पोलियो 

१७) नेपालको पहिलो ग्रामिण विकाश बैंक कुन हो ?

  • पूर्वाञ्चल ग्रामिण विकाश बैंक 

१८) युरोपको सबै भन्दा लामो हिम नदि कुन हो ?

  • भट्नाजोकुल 

१९) शनी ग्रह पत्तालगाउने वैज्ञानिक को हुन ?

  • ग्यालिलियो 

२०) माओत्सेतुङले स्थापना गरेको पहिलो राजनैतिक समुह कुन थियो ?

  • नौलो जनसमाज 

                        
                       समाप्त

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com