२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:००:३२

 

त्रिविमा ५३८ उपप्राध्यापक पदपूर्ति प्रक्रियाः ४९९ परीक्षार्थीको परीक्षा रद्द हुँदा १९ विषयको नतिजा शुन्य, ४५ विषयका १९१ दरबन्दी पदपूर्ति भएन

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक २६, बुधबार,०९:५०:PM  
img-responsive

कीर्तिपुर, २६ कार्तिक । त्रिवि सेवा आयोगले प्रकाशन गरेको आर्थिक वर्ष २०७५।७६ को विज्ञापन अनुसार त्रिविमा विभिन्न १ सय ६० विषयका ५ सय ३८ जना उपप्राध्यापक पदको स्थायी पदपूर्तिको लागि गत वर्ष कार्तिकदेखि पौष महिनासम्म लिएको परीक्षाको नतिजा सार्बजनिक गरेको छ । विभिन्न विषयमा गरी कुल ४ हजार ३ सय २ जना परीक्षार्थी परीक्षामा सामेल भएकोमा ४ सय १२ जना उत्तीर्ण भएका छन् । केहि विषयहरुमा भने माग गरेको संख्यामा परीक्षार्थीहरु उत्तीर्ण हुन सकेका छैनन् भने १९ वटा विषयको ४७ पदमा २ सय ५१ जना परीक्षार्थी सामेल भएकोमा नतिजा शुन्य आएको छ । 

यस्तैगरी २६ वटा विषयमा अध्यापनको लागि माग गरिएको उपप्राध्यापकको संख्या २ सय ५९ जनाभन्दा कम १ सय १५ जना परीक्षार्थीहरु मात्र उत्तीर्ण हुँदा १ सय ४४ उपप्राध्यापकको दरबन्दी अझै पदपूर्ति नहुने भएको छ । त्रिवि अन्तरगतका अध्ययन संस्थानहरु र संकायहरुमा अध्यापनको लागि रिक्त रहेका उपप्राध्यापकहरुको स्थायी पदपूर्तिको लागि अघिल्लो आर्थिक वर्ष नै विज्ञापन भएको थियो । 

यसरी परीक्षार्थीहरुले न्यूनतम् उत्तीर्ण अंक प्राप्त गर्न नसक्दा विज्ञापन गरिएको ५ सय ३८ संख्यामध्ये शुन्य नतिजा आएका १९ विषयका रिक्त ४७ पद र माग गरेको भन्दा कम नतिजा आएका २६ विषयका १ सय ४४ पद गरी कुल १ सय ९१ पदहरु सेवा आयोगले पदपूर्ति गर्न नसकेको हो । 

परीक्षामा सामेल ४९९ परीक्षार्थीको परीक्षा रद्द 

त्रिवि सेवा आयोगले परीक्षार्थीले परीक्षा हलमा अनियमित कार्य गर्ने कम्प्युटर एप्लिकेशन विषयका, नेपाली विषयका, ग्रामिण विकास विषयका र समाजशास्त्र विषयका १/१ गरी ४ जना परीक्षार्थीको उत्तरपुस्तिका एवम् परीक्षा रद्द गरेको जनाएको छ । यसैगरी परीक्षार्थीले उत्तरपुस्तिकाको प्रथम पानाको बुँदा नं. १ मा उल्लेख भएको निर्देशन विपरित परीक्षकलाई आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम, रोल नम्बर, फोन नं. लेखी परीक्षाको मर्यादा उल्लंघन गरेको ठहरसहित २ सय ३६ परीक्षार्थीको उत्तरपुस्तिका एवम् परीक्षा समेत आयोगको निर्णय  बमोजिम रद्द गरेको छ । जसमा चिकित्साशास्त्र अध्ययन संस्थान अन्तरगतका १६ जना, इन्जिनियरिग अध्ययन संस्थान अन्तरगतका १० जना, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान अन्तरगत ६ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत ७७ जना, मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तरगत ५९ जना, शिक्षाशास्त्र संकाय अन्तरगत ३० जना र व्यवस्थापन संकाय अन्तरगत ३८ जना विभिन्न विषयको उपप्राध्यापक पदमा परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा रद्द गरिएको हो । यसरी यो उपप्राध्यापक पदको परीक्षामा सामेल भएका ४ सय ९९ परीक्षार्थीहरुको परीक्षा आयोगले रद्द गरेको छ । 
उपप्राध्यापकको नतिजा हेर्न यहाँ  
डाउनलोड  गर्नुहोस् 

(भुल सुधार : यस समाचारमा परीक्षा रद्द भएको परिक्षार्थीको संख्या २४० हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ।)

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com