२०७७ मङ्सिर १४, आइतबार

img-responsive

०९:५४:३९

 

विवाह भएर सम्बन्ध बिच्छेद भइसके पछि प्रेमपत्र यसरी पुग्यो प्रेमीको हातमा

img-responsive
गोठालो खबर -१ २०७७ कात्तिक २६, बुधबार,०९:१७:PM  
img-responsive

प्रेमी–प्रेमिकाबीच मायाले भरिएर पठाएको पत्रको जीवनमा धेरै महत्व हुन्छ । वर्षौ पछि प्रेमपत्र पाउँदा कस्तो महसुस होला त्यसको विशेष क्षण थोरैले मात्र अनुभव गर्न पाउँछन् । यस्तै घटना अमेरिकामा भएको छ । प्रेमिको हातमा ५३ वर्षपछि प्रेमपत्र परेको छ । प्रेम पत्र लेखेकी ती महिला उनै प्रेमीको पत्नी  बनेरपनि सम्बन्ध बिच्छेद भइसकेको छ । तर पत्र भने ५३ वर्ष पछि प्रेमीको हातमा परेको छ ।

आजको प्रविधिको युगमा संचारका माध्यमहरु धेरै छन् तर त्यस्तो पनि एक समय थियो आफ्नो मनको कुरा पोख्नलाई एकमात्र साहारा पत्र थियो । धेरै मानिसहरुले आफ्नो प्रेम पत्रकै माध्यमबाट हुने गर्थ्यो । यो कुरा १९५८ को हो ।

वास्तवमा यो पत्र क्लार्क सी मुर नामबाट पठाइएको थियो, ती व्यक्तिले आफ्नो नाम परिर्वतन गरेर मोहम्मद सिद्दीक राखेका थिए । यसै कारण प्रेमीले पत्र समयमा नै पाएनन् । पेनसिलवेनिया विश्वविद्यालयका डाक्टरले पत्र भर्खरैमात्र प्राप्त गरेका हुन् । यस पत्रको जानकारी सिद्दीकका साथीले उनलाई दिएका थिए । सिद्दीकले तुरुन्त पढ्न चाहाना राखे । १९५८ मा मोहर लागेको यस लव लेटरमा ‘लव फारएवर वोनी’ नामको हस्ताक्षर गरिएको थियो ।

हाल सिद्दीकको उमेर ७४ वर्षको छ र उनको सम्बन्ध विच्छेद पनि भइसकेको छ । सिद्दीकले उनकी प्रेमीका र उनीबीच पत्र आदान हुने बताएका छन् । त्यो समयमा उनले बिज्ञान विषयमा अध्ययन गर्दै थिए । त्यसपछि उनीहरुले विवाह गरे र ४ सन्तानको पनि जन्म भएको थियो ।

उनीहरुको वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न सकेन, पछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको हो । उनले अहिलेको कम्प्युटर भन्दा धेरै राम्रो पत्रको जमाना भएको पनि प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com