२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:१७:५४

 

युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावरको आइपिओ (IPO)भोली बाट बिक्रि खुल्ला

img-responsive
गोठालो खबर -२ २०७७ कात्तिक २६, बुधबार,०३:२९:PM  
img-responsive

२६,कार्तिक, काठमाण्डौ ।  युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपिओ भोली २७ गतेबाट सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको छ। 

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।  कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोष र १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ भने बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ। 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाएको छ। आईपीओमा आवेदन दिदा छिटोमा मंसिर ३ गते र ढिलोमा मंसिर ११ गते सम्म दिन सक्नेछन। 

आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको ‘केयर एनपी डबल बी प्लस ’ रेटिङ प्रदान गरेको छ। 

सर्वसाधरणले आस्वा प्राप्त बैंक तथा मेरोसेयर आदि मार्फत दरखास्त दिन सक्नेछन।   

माउण्टेन इनर्जीको आइपिओ भोली कार्तिक २६ बाट बिक्री शुरु

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com