२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:०७:५५

 

आइपिएलको उपाधी मुम्बई इन्डियन्स लाई

img-responsive
गोठालो खबर -२ २०७७ कात्तिक २६, बुधबार,०९:४७:AM  
img-responsive

२६ कार्तिक, काठमान्डौ। साविक बिजेता मुम्बई इन्डियन्सले १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) जितेको छ ।  मुम्बईले यो सँगै आइपिएल उपाधी ५औँ पटक जितेको हो।

हिजो भएको फाइनल खेलमा रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै बिजेता बनेको हो। आइपिएलको इतिहासमा मुम्बई धेरै पटक उपाधि जित्ने टिम हो। 

मुम्बईले १८.४ ओभरमा बिजयी रन बटुल्दै जित दर्ता गरेको हो। पहिले ब्याटिङ गर्न आएको दिल्लीले ७ विकेट गुमाएर  १५६ रन बनाउदा मुम्बईले १५७ रनको लक्ष्य सहजै भेट्टाएको थियो।

विजेता मुम्बईले २० करोड भारु सहित ट्रफी पायो भने उप विजेता दिल्लीले १२.५ करोड भारु पाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com