२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:२६:०८

 

इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि भिडन्त आज

img-responsive
गोठालो खबर -२ २०७७ कात्तिक २५, मङ्गलबार,०६:१७:PM  
img-responsive

कार्तिक २५, काठमाण्डाै। तेह्रौ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट उपाधिका लागि आज बेलुका दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स बिच खेल हुने भएको छ। खेल दुबई स्थित रंगशालामा नेपाली समय अनुसार ७:४५ बाट शुरु हुनेछ। 

चार पटकको उपाधि बिजेता मुम्बई साविक विजेता टिम हो। दिल्ली क्यापिटल्स आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो। मुम्बई दिल्ली क्यापिटल्सलाइ हराएर फाइनल पुगेको हो भने दिल्ली ,दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पाखा लगाउदै फाइनल प्रवेश गरेको हो ।

यो सिजन मुम्बईलाइ दिल्लीले एकपटक पनि पराजित गर्न सकेको छैन। तिनै पटकको खेलमा मुम्बईले बाजी मारेको छ। क्वालिफायर राउण्डमा दिल्ली मुम्बईसँग ५७ रनले पराजित भएको थियो। दिल्ली क्यापिटल्स बाट खेलिरहेको  लेग स्पिनर सन्दीप लामिछाने आज खेल्न पाउने सम्भावना न्युन रहेको छ।

दिल्ली क्यापिटल्स  र मुम्बई मुम्बई इण्डियन्स  बिचको पुरा खेल हेर्न यहाँ क्लिक गर्नुहोस। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com