२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:५४:४३

 

माउण्टेन इनर्जीको आइपिओ भोली कार्तिक २६ बाट बिक्री शुरु

img-responsive
गोठालो खबर -१ २०७७ कात्तिक २५, मङ्गलबार,०५:२०:PM  
img-responsive

कार्तिक २५, काठमान्डौ। माउण्टेन इनर्जी नेपाल लिमिटेडको आइपिओ भोली कार्तिक २६ गतेबाट सर्वसाधारणको लागि बिक्रि खुल्ला हुनेछ। कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको सय रुपैयाँ अंकित १९ लाख ६८ हजार २७ कित्ता आइपिओ निष्कासन गरेको हो। कम्पनीले ३९ हजार ३६१ कित्ता कर्मचारीलाई  र ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ। बाकि रहेको  १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

केयर रेटिङ नेपालले कम्पनीको आइपिओ लाई ‘ग्रेड ४’ रेटिङ दिएको छ। ग्रेड ४ रेटिंगको अर्थ औषत भन्दा कमजोर भन्ने हुन्छ। 

नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धक रहेको कम्पनीको आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन पाउने छन।
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com