२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:३२:१३

 

कोरोना महामारीमा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन, कानूनको धज्जि उडाउदै भेला र कार्यक्रम

img-responsive
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ कात्तिक २४, साेमबार,०७:२८:PM  
img-responsive

रौतहट, २४ कार्त्तिक। रौतहट जिल्ला लगायत देशका विभिन्न भागमा कोरोनाभाइरसको संक्रमण कायम छ । कोरोना संक्रमणकै कारण दैनिक २० र २५ जनाको मृत्यु भइरहेको छ भने संक्रमितको संख्या पनि बढ्दो छ । पछिल्लो समय पिसिआर परीक्षणको दायरा घट्दै गएकाले संक्रमितको वास्तविक संख्या गणना हुनै नसकेको टिप्पणी पनि भइरहेको छ । कयौँ संक्रमितले अस्पतालमा बेड पाउन नसकेको गुनासो पनि व्याप्त छ भने होम आइसोलेसनमा बस्नेहरुको संख्या पनि उल्लेख्य छ ।

गत चैत ११ गतेदेखि लकडाउन र त्यसपछि निषेधाज्ञाका माध्यमबाट कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी विभिन्न प्रतिबन्ध लगाएको सरकारले पछिल्ला दिनमा खासै चासो राखेकोसमेत देखिँदैन । पिसिआर परीक्षण भइरहेका क्षेत्रमा संक्रमण दर उच्च देखिनु स्वाभाविक हो तर कतिपय स्थानमा पिसिआर परीक्षण नै ठप्पप्रायः रहेका कारण पनि नागरिकमा कोरोनाको त्रास हट्दै गएको देखिन्छ ।
रौतहट जिल्ला निमा यतिबेला कोरोनाको त्रास पटक्कै देखिएको छैन । सुरुवातमा कोरोनाको जोखिम क्षेत्र मानिएको प्रदेश २ का विभिन्न जिल्लाका साथै भारतसँग सीमा जोडिएका अन्य प्रदेशका तराईका जिल्लामा समेत दैनिक जनजीवन यतिबेला सामान्यजस्तै देखिन्छ ।

रौतहटको जनजीवन हेर्दा कोरोनाको डर काठमाडौं उपत्यकातिर मात्र हो कि भन्ने लाग्न सक्छ । रौतहटमा घर भएकै कारण कोरोनाको डर नभएको हो कि भन्ने आशंकालाई मधेसको पछिल्लो दैनिकीले बलियो तुल्याएको छ । रौतहटमा आज सोमवार आयोजित जनता समाजवादी पार्टीको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा मास्क लगाएका मानिस मुस्किलले कतै–कतैमात्र देखिएका छन् ।

सुप्रिया केमिकलमा कार्यरत सुजित पाठकका अनुसार लामो समयको बन्दाबन्दी मानिसलाई ‘गर या मर’ को अवस्थामा पु¥याएकाले पनि मानिसहरु कोरोनासँग डराएर बस्न छाडेका छन् । ‘तराईमधेसमा कोरोना नै नभएको त होइन तर डराएर कति बस्ने भनेर विपन्न मानिसहरु बाहिर निस्किन थाले,’ उनले भने, ‘त्यसपछि क्रमशः बजारतिर चहलपहल बढ्न थाल्यो ।’

याता कार्तिक २१ गते राती १२ बजे देखि रौतहट जिल्लाभरी लागू हुनेगरी अगामी मंसिर १७ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com