२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:०९:२८

 

मुख्यमन्त्रीद्धारा भोजपुर –टक्सार विमान स्थल सडक उद्घाटन

img-responsive
वाई राज विष्ट , २०७७ कात्तिक २३, आइतबार ,०५:४०:PM  
img-responsive

भोजपुर, २३ कात्तिक । भोजपुर सदरमुकामदेखि टक्सार बिमान स्थलसम्मको कालोपत्रे सडकको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । मुख्यमन्त्री राईले आइतबार एक कार्यक्रमका बीच सडकको उद्घाटन गरेका हुन् ।

जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा  सडक कालोपत्रे  गरिएको हो । रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ । कालोपत्रेको मोटाई ४ सेन्टिमिटर रहेको जनाइएको छ ।

मुख्यमन्त्री राईले २०७६ वैशाख ७ गते शिलान्यास गरेका थिए । शिलान्यास गरेको डेढ वर्षपछि उक्त सडक उद्घाटन गरिएको हो ।

त्यस्तै मुख्यमन्त्री राईले  प्रदेश सरकारको रु. पाँच करोड दुई लाख ६८ हजार लागतमा निर्माण हुने  भोजपुर सभाहल र रु. तीन करोड लागतमा बन्न लागेको यलम्बर सभाहलको पनि शिलान्यास गरेका छन् ।

मुख्यमन्त्री राईले खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको पनि उद्घाटन गरेका छन् । यस कार्यालयले भोजपुर र संखुवासभालाई सेवा दिने बताइएको छ ।

त्यस्तै मुख्यमन्त्री राईले सोमबार टेम्के डाँडामा बन्न लागेको ‘टेम्के भ्यू’ टावरको शिलान्यास गर्ने कार्यक्रम रहेको छ, भने सोमबार नै टेम्केमैयुङ गाउँपालिकालाई‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com