२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:०५:२५

 

डोनाल्ड ट्रम्पलाई हराउदै जो बाइडेन ४६औं अमेरिकी राष्ट्रपतिमा निर्वाचित

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक २२, शनिबार,११:४५:PM  
img-responsive

अमेरिका, २२ कार्त्तिक। अमेरिकामा ४६औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई हराउदै जो बाइडेन निर्वाचित भएका छन् । उनले २७३ इलेक्ट्रोल मत प्राप्त गरि अमेरिका का ४६औं राष्ट्रपतिमा विजयी भएका हुन्। उक्त मत जितका लागि आवश्यक २७० मत भन्दा बढी हो। 

बाइडेनले पेन्सिलभेनिया राज्यमा विजय प्राप्त गरे संगै राष्ट्रपतिको लागि जित हासिल गरेका हुन् । बाईडेनले ७ करोड भन्दा बढी मत प्राप्त गरि विजयी भएका हुन् जुन निर्वाचनमा सन् १९०० यताकै बढी मत खसेको रेकर्ड हो । बाइडेन डेमोक्रेटिक पार्टीका तर्फ बाट उम्मेदवार बनेका थिए । रिपव्लिकन पार्टी बाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प सन् १९९० यताकै एक कार्यकाल मात्र शासन गर्ने अमेरिकाका राष्ट्रपति बनेका छन् । बाइडेन सन् २००८ बाट २०१७ बाराक ओबामाको कार्याकालमा उपराष्ट्रपति बनेका उनी सफल, कुशल, अनुभवी, परराष्ट्रविद् र प्रखर राजनीतिक बक्ताको रुपमा समेत परिचित छन् । बाइडेनलाई सामान्य नागरिकहरु संग समेत घुलमिल हुन सक्ने नेताकोरुपमा पनि चिनिन्छ । यति वेला अमेरिकाभर बिजयउत्सव मनाउन शुरु गरिएको छ ।  

यस निर्वाचनमा ट्रम्पले २१४ मत मात्र प्राप्त गरेका थिए । मत परिणाम जारी रहेकै बेला जीत घोषणा नगर्न डोनाल्ड ट्रम्पले जो बाइडेनलाई चेतावानी समेत दिएका थिए । डोनाल्ड ट्रम्पलाई जातीवादी, उग्रवादी र स्वतन्त्रता विरोधीको रुपमा चिनिने गरिएको थियो भने यहि कारणले उनको चर्को आलोचित हुँदै आएको थियो । 

हालै नव निर्वाचित जो बाइडेन आगामी जनवारीमा शपथ ग्रहण गरे पश्चात  अमेरिकाको ४६औं राष्ट्रपतिको रुपमा ह्वाईटहाउस प्रवेश गर्ने छन् । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com