२०७७ मङ्सिर १४, आइतबार

img-responsive

११:००:१२

 

रौतहटमा नेकपा र जसपाका सयौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस पार्टीमा प्रवेश

img-responsive
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ कात्तिक २२, शनिबार,०९:४७:PM  
img-responsive

रौतहट, २२ कार्त्तिक । रौतहट जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र तत्कालीन जनता समाजवादी पार्टीका नेता तथा कार्याकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बौद्धिमाई नगरपालिका बंकुलमा शनिबार आयोजित पार्टी प्रवेश तथा दिपावली र छठको शुभकामना आदान-प्रदान कार्यक्रममा सय भन्दा धेरै नेकपा र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

बौद्धिमाई नगरपालिका सरमुजवाका कांग्रेसका क्षेत्रीय सभापति रामलोचनको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा र तत्कालीन संघीय समाजवादी पार्टी लगायतका विभिन्न पार्टी परित्याग गरी क्षेत्र नम्बर २ का सय भन्दा बढी नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्।

नवप्रवेशिहरूलाई नेपाली कांग्रेसका प्रमुख अतिथिको रूपमा रहेको डा. सोभाखर पाराजुली, पुर्व सांसद देवी तिमल्सिना, सांसद रासिद उर्फ लालबाबु, वरिष्ठ नेता रामचन्द्र गिरी, क्षेत्रीय सभापति रामलोचन साह, बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव, राजपुर नगरपालिकाका मेयर सेख सकिल अख्तर, नेपाल तरूण दलका जिल्ला सभापति मा. नौसाद आलम, बौद्धिमाई नगरपालिकाका प्रत्यासी मेयर राजन बाबु जैसवाल एवं तराईका नेताहरूले अविर तथा फूलमाला लगाएर प्रवेशीहरुलाई स्वागत गरेका थिए ।

नेता पराजुलीले जनताको हक अधिकार एवं जीवनस्तरलाई माथि उठाउन नसकेको बताए । सरकार हरेक ठाउँमा असफल भएको बताएका छन् । नेता तिमल्सिनाले कांग्रेस सत्तामा हुँदा छिमेकी राष्ट्रसँगको सम्बन्ध सुमधुर हुनुका साथै उद्योग व्यवसाय फस्टाउनु, सामाजिक न्याय, कानूनी व्यवस्था र महिलाको अधिकार स्थापित भएको विगतले देखाएको स्मरण गरे ।

कार्यक्रममा नेताहरू देवी तिमल्सिना, डा. सोभाखर पराजुली, वशिष्ठ राम चन्द्र गिरी, प्रदेश सभा सदस्य सेख रासिद , बौद्धिमाई नगरपालिकाका प्रत्यासी मेयर राजन बाबु जैसवाल लगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com