२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:४५:०६

 

सहभागितामूलक विकासको महत्व उल्लेख गर्दै नेपालमा सहभागितामूलक विकासका लागि गरिएका व्यवस्थाको बारेमा चर्चा गर्नुहोस ।(लोकसेवा दर्पण)

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक २२, शनिबार,१०:२७:AM  
img-responsive

सहभागितामूलक विकासको महत्व उल्लेख गर्दै नेपालमा सहभागितामूलक विकासका लागि गरिएका व्यवस्थाको बारेमा चर्चा गर्नुहोस ।

(बिषयगत)

सहभागितामूलक विकासको महत्व

विकास योजनाको आवश्यकताको पहिचान, तर्जूमा, कार्यान्वयन, अनुगमन मुल्याङ्कन र प्रतिफल प्राप्त गर्ने लगायताका प्रत्येक चरणमा सम्बन्धित सरोकारवालाहरुको सार्थक सहभागिताको सुनिश्चिता हुन नै सहभागितामूलक विकास हो । सहभागितामूलक विकासको महत्वले जनताको कामप्रति अपनत्वबोध सृजना गराउन महत्वपुर्ण भुमिका खेलेको हुन्छ जसलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ 

    सामुहिक निर्णय प्रणालीको विकास गर्न
    समाजिक समानता तथा न्याय कायम गर्न
    समतामुलक विकासलाई महत्व दिन
    कार्य प्रक्रियामा सरलता र चुस्तता कायम गर्न
    जनताको सशक्तिकरण र सबलिकरण गर्न
    सामाजिक तथा सास्कृतिक एकिकरणलाई टेवा दिन
    जनताका चाहनाहरुको उचित व्यवस्थापन गर्न 
    Right to Development को मान्यतालाई स्थापित गर्न
    विकासका क्रियाकलापलाई मितव्ययी, सरल, पारदर्शी र बस्तुनिष्ठ बनाउन
    Bottom-Up Development को मान्यतालाई स्थापित गराउन
    विकासमा जनताको बास्तविक अपनत्वबोध सृजना गर्न
    विकासलाई वैधानिकता प्रदान गर्न
    दिगो विकासको मान्यतालाई आत्मासाथ गर्न

नेपालमा सहभागितामूलक विकासका लागि गरिएका व्यवस्थाहरु

नेपालमा सहभागितामूलक विकासका लागि विभिन्न व्यवस्था गरिएको छ जसलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ: 

१) संवैधानिक व्यवस्था

नेपालको वर्तमान संविधानले विकासको हरेक चरण र क्षेत्रमा सबै वर्गको सार्थक सहभागिता हुनपर्ने कुरा प्रस्तावना देखि विभिन्न धाराहरुमा समेटेको छ

२) योजनामा गरिएको व्यवस्था

सहभागितामूलक विकासका लागि चालु योजनाले विभिन्न  दिर्घकालिन लक्ष्य, उद्देश्य ,रणनीति, कार्यनीति आदिको व्यवस्था गरेको छ 

३) बजेटमा गरिएको व्यवस्था

विभिन्न वर्ग, क्षेत्र, लिग आदिको विकासका हरेक चरणमा सहभागिताको सुनिश्चितताका लागि बजेटको व्यवस्था गरेको छ ।

४) कानूनी व्यवस्था

    सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन २०६४ र नियमावली २०६५ को प्रस्तावनामा नै सार्वजानिक प्रशासनलाई जनमुखी, जवाफदेही,पारदर्शी, समावेशी र जनसहभागितामुलक बनाउने व्यवस्था गरेको छ 
    सार्वजानिक खरिद ऐन २०६३ र नियमावली २०६४ ले स्थानीय उपभोक्ता समिति मार्फत          कार्यसम्पादन गर्न सकिने कुरा उल्लेख गरेको छ ।
    स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सहभागितामूलक विकासलाई जोड दिएको छ 
    वन ऐन २०४९ ले सामुदायिक वन व्यवस्थापनमा समुदायको सहभागितामा जोड दिएको छ 
    साजेदारी ऐन २०२०, निजिकरण ऐन २०४९ आदिले सहभागितामूलक विकासमा जोड दिएको छ ।

५) संस्थागत व्यवस्था

संघीय, प्रादेशिक र स्थानीय सरकार र सो सम्बन्धित मन्त्रालय,कार्यालय तथा निकायहरु

अन्त्यमा,

विकासका हरेक चरणहरुमा सरोकारवाल निकायहरुको सार्थक सहभागिताको सुनिश्चितता हुनु नै सहभागिताूलक विकास हो । विकासका गतिविधि सञ्चालन गर्दा जनताको बास्तविक प्रतिनिधित्व र पँहुच सुनिश्चिता हुने गरे संचालित हुनपर्दछ । साथै सरोकारवाला वर्गले अपनत्वबोध गर्ने किसिमबाट विकासका गतिविधि सञ्चालन हुनपर्दछ जसबाट विकासमा दिगोपना कायम हुन सक्छ ।
 
नरेन्द्र पराजुली 
शाखा अधिकृत

नेपालमा पाईने माटोलाइ कति भागमा विभाजन गरिएको छ ? लेख्नुहोस । (विषयगत)

प्राकृतिक तथा जैविक तत्वहरुको समिश्रण बाट माटो बनेको हुन्छ । नेपालको भौगोलिक विविधता संगै यहा पाईने माटोमा पनि विविधता रहेको छ । 

नेपालमा पाईने माटोलाइ देहाय बमोजिम उल्लेख गरिन्छ :-

पाँगो माटो 

  • बर्षामा नदिले बगाएर ल्याएको माटो,
  • जैविक अवशेष बढि पाईने,
  • तराई र बेसिमा पाईने तथा धान, तेलहन, उखु, सनपाट आदिका लागि उपयुक्त माटो ।
  • बलौटे पत्थरिलो माटो
  • पहाड बाट झरेका नदिले बगाई ल्याएको माटो,
  • बालुवा, कंकड, पत्थर मिली बनेको,
  • भावर, भित्रि मधेश तथा चुरेमा पाइने ।
  • रातो फुस्रे माटो
  • महाभारतका ठाडा भागहरुमा मौसमी परीबर्तन बाट टुक्रिएका चट्टानमा सडेका झारपात मिली बनेको माटो,
  • कोदो, मकै, आलु तथा फलफूलका लागि उपयुक्त ।
  • तलैया माटो
  • ताल सुकेर बनेको माटो,
  • कृषिका लागि सर्वोत्तम माटो,
  • हिमाली माटो
  • हिम नदिले थुपारेको माटो ,
  • हिमाली खाँचो तथा भित्री हिमालमा पाईने,

        (जौ, फापर, आलु आदिका लागि उपयुक्त ।)

      (बस्तुगत/सामान्यज्ञान)

१) सबै भन्दा चम्किलो तारा कुन हो ?

  • Sirius

२) एसिया महादेशको सबै भन्दा ठूलो मरुभूमी कुन हो ?

  • अरेबियन मरुभूमी

३) जगदिशपुर ताल कुन जिल्लामा पर्दछ ?

  • कपिलवस्तु 

४) पाटनको कृष्ण मन्दीर कसले निर्माण गरेका हुन ?

  • सिद्धिनरसिंह मल्ल

५) मरुभूमीमा किन बर्षा हुदैन ?

  • आद्रता कम भएर

६) बाह्र कुने ताल कुन जिल्लामा पर्दछ ?

  • दाङ

७) दोसा्रे विश्वयुद्धको अन्त्य संगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्त्यसंगै पुन एकिकरण भएको थियो ?

  • जर्मनी 

८) नारायणहिटी दरबारका डिजाइनर को हुन ?

  • बी. फोर्न

९) “सुमतितन्त्र” भनेको के हो ?

  • नेपालमा रहेको प्राचिन ज्योतिष ग्रन्थ 

१०) नेपालको सबै भन्दा पुरानो राजमार्ग कुन हो ?

  • त्रिभूवन राजपथ (विःसं २०१३)

११) नेपालमा भित्ते चित्रको सुरुवात कुन काल बाट भएको हो ?

  • लिच्छवी काल 

१२) अन्तराष्ट्रिय टोपी दिवश कहिले मनाईन्छ ?

  • जनवरी १

१३) नेपाली भाषामा लेखिएको सबै भन्दा पुरानोे सिला लेख कुन हो ?

  • नेः सं २९३ को साँखु बज्रयोगिनीको सीलालेख 

१४) ISO 5000 के संग सम्बन्धीत छ ?

  • उर्जा 

१५) नेपालको वर्तमान संबिधान बमोजिम प्रदेशमा कती संख्यामा मन्त्रीमण्डर रहने व्यबस्था रहेको छ ?

  • प्रदेश सभाका कुल सदस्य संख्याको बढीमा २०% सम्म 

१६) भूटानको राष्ट्रिय बायु सेवालाइ के भनिन्छ ?

  • डुक एयर 

१७) मिश्रको सभ्यता कुन नदिमा बिकास भएको हो ?

  • नाईल 

१८) ब्रुटल्याण्ड आयोगको गठन कहिले भएको हो ?

  • सन् १९८३ 

१९) उच्च समस्थलीको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?

  • अफ्रिका

२०) युरोपेली संघ (EU) को स्थापना कहिले भएको हो ?

  • सन् १९५८ जनवरी १ 


                    समाप्त 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com