२०७७ मङ्सिर १४, आइतबार

img-responsive

०९:४९:१५

 

पूर्व शिक्षाध्यक्षको निधनमा त्रिविले दियो शोक बिदा 

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक १८, मङ्गलबार,०८:१८:PM  
img-responsive

कीर्तिपुर, १८ कार्तिक। त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राडा राममान श्रेष्ठको निधनमा त्रिविले यहि कार्तिक १९ गते बुधवार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । 

त्रिवि सभाका सदस्य एवं पूर्व शिक्षाध्यक्ष श्रेष्ठको गत आश्विन ३० गते ८३ वर्षको उमेरमा निधन भएको थियो । उहाँले त्रिवि सेवामा लामो समय काम गरी २०५३ सालदेखि अवकास पाउनुभएको थियो । उहाँ २०४७ जेठ १८ गतेदेखि २०४८ श्रावण ७ गतेसम्म त्रिविको शिक्षाध्यक्ष पदमा पदाधिकारीको रुपमा सेवा गर्नुभएको थियो । उहाँ त्रिविको अवैतनिक विशिष्ट सल्लाहकार भई र पटक पटक त्रिवि सभाको सदस्य हुनुभई विश्वविद्यालयलाई मार्गदर्शन गर्न महत्वपूर्ण योगदान दिनुभएको त्रिविले जनाएको छ । गणित विषयको प्राध्यापक भई नेपालको शिक्षामा महत्वपूर्ण योगदान गर्नुभएका उहाँले राष्टिय सभा सदस्य र संविधान सभा सदस्य भई देशको लागि महत्वपूर्ण योगदान गर्नुभएको पनि त्रिविले प्रकाशन गरेको समवेदना पत्रमा उल्लेख गरिएको छ । त्रिविले गत आश्विन ३० गते नै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेको थियो । त्यसपछि कार्तिक १ गतेदेखि बडादशैंको सार्बजनिक बिदा परेको र गत आइतवारबाट मात्र त्रिविको कार्यालयहरु खुलेको कारण मंंगलवार मात्र शोक सभाको आयोजना गरी बुधवारका लागि शोक बिदा दिने निर्णय गरिएको हो । त्रिविमा पूर्व पदाधिकारीहरुको निधनमा शोक सभा गर्ने र शोक बिदा दिने विगतदेखि चलन रहँदै आएको पाइन्छ । 


 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com