२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:५०:५३

 

महिलाको सम्मान गर्न नसकेको भन्दै काँग्रेस पार्टी जिल्ला कार्य समितिले सांसद पदबाट झाको राजिनामा माग

img-responsive
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ कात्तिक १६, आइतबार ,०९:५३:PM  
img-responsive

रौतहट, १६ कार्तिक। नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समितिले रौतहट निर्वाचन क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य एवं जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख अनिल कुमार झा को  राजीनामाको माग गरेको छ। अनिल कुमार झा ले सांसद पदबाट नैतिकताको आधारमा राजिनामा दिनु पर्ने माग गरेको हो ।

नेपाली काँग्रेस पार्टी रौतहटका सभापति तथा संविधानसभा सदस्य कृष्णा यादवले पूर्व उद्योग मन्त्री समेत रहेका झाले महिलालाई उदाहारण स्वरुप प्रस्तुत गर्दै दिएको अभद्र र अश्लिलताले भरिएको शब्द प्रयोग प्रति घोर भर्त्सना पनि गरेको छ । सभापति यादवले एउटा प्रेस विज्ञप्ति जारी गर्दै महिलाको चरित्र माथि गरेको नकारात्मक टिपण्णीको घोर निन्दा गर्दै जसपाका सांसद अनिल झाले सम्पूर्ण नेपाली महिलाको सम्मान माथि खिल्ली उडाउदै बैदेशिक रोजगारीको सिलसिलामा काम गर्न गएको सबै नेपाली नागरिकहरुको श्रीमती बेश्याबृदीमा लागेको जस्तो  शब्द प्रयोग गर्न अधिकार कसले दिएको हो भनेर प्रस्न गरेका थिए। जसपाका सांसद झाले आफ्नो पदीय मर्यादा विपरीत दिएको अभिव्यक्तिको घोर भत्सर्ना गरेका छन्। सार्वजानिक मंच प्रयोग गरि सम्पूर्ण नेपाली महिला दीदी बहिनीको चरित्र हत्या गरेको, महिलाको अस्मितालाई खुल्ला मंचबाट धज्जि उडाएकोले आफनो संघीय सांसदको पदबाट अलिकति राजनीतिक नैतिकता बाँकी रहेको भए राजिनामा दिनुपर्ने भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ; जनताको मतबाट निर्वाचित भएका झाले आफ्नो दायरा, क्षेत्र भन्दा बाहिर गएर दिएको अभिव्यक्ति असभ्य, आपत्तिजनक रहेकोले उक्त शव्द प्रति संगठित रुपमा नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिति रौतहट लगायत देशभरिको महिलाहरुले प्रतिकार गर्ने चेतावनी समेत दिएको छ । स्थानीय जनप्रतिनिधि प्रति गरेको टिपणीले सम्पूर्ण स्थानीय प्रमुख, उपप्रमुख समेतको मान मर्दनमा ठूलो चोट पुगेको जनाईएको छ ।

स्मरणहोस कार्तिक ११ गतेका दिन रौतहटको यमुनामाई गाउँपालिका वड़ा नम्बर-३ राजपुर तुलसीमा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै सांसद झाले स्थानीय तहका प्रमुख प्रति आक्रोशित हुदै नगरपालिका र गाउँपालिकाको खातामा आउने रकम मेयरको बाउ को नभएको टिपण्णी गर्दै संघीय सांसद बैदेशिक रोजगार रहेको तथा मेयर पठाएको रकम ब्रह्मलुट मच्चाउने गरेको संकेत गर्दै बैदेशिक रोजगारमा गएकाले कमाएर पठाएको रकम श्रीमतीले फिल्म हेर्दा हेर्दै सकाएर अरु संग आफनो गलत शारीरिक सम्बन्ध अर्थात बेश्याबृद्धि समेतमा लागेर भाग्ने गरेको अभिव्यक्ति दिएका थिए ।

स्थानीय नगरप्रमुखले कोरोना महामारीमा सांसदहरुले कुनै कार्य नगरेको भनि गरेको आलोचनाले शव्द चयन गर्न चुकेका सांसद अनिल झाले बैदेशिक रोजगारमा गएकाहरुको श्रीमती पतीले कमाएको पैसा सकाएर पर पुरुष संग बिहे गरेर जाने गरेको समाजमा देख्ने गरेको अभिव्यक्ति निन्दनीय रहेको सभापति यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com