२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:४४:५९

 

कार्यक्रम बजेटको परिचय दिई यसको महत्व उल्लेख गर्नुहोस । (लोकसेवा, बैंक , संस्थानको परीक्षा तयारीको लागि)

img-responsive
सन्तोष पराजुली , २०७७ कात्तिक १५, शनिबार,०९:१४:AM  
img-responsive

(बिषयगत/ छोटो प्रश्नउत्तर)

कार्यक्रम बजेटको परिचय दिई यसको महत्व उल्लेख गर्नुहोस ।

कार्यक्रम बजेटको परिचयः -

कार्यक्रम वा आयोजनाका लक्ष्य, उदेश्य र प्राथमिकता संग आवद्ध गरि विनियोजन गरिएको बजेटलाई कार्यक्रम बजेट भनिन्छ । यसमा बजेटको तर्जुमा कुनै संगठन वा विभागको आधारमा नगरि कार्यक्रममा मात्र आधारित भएर गरिन्छ । कार्यक्रम बजेटको सुरुवात सन् १९४९ मा अमेरिका बाट भएको हो भने नेपालमा आ.ब. ०२६/०२७ बाट भएको हो ।

कार्यक्रम बजेटको महत्वः-

  • वैज्ञानिक नियन्त्रण र सन्तुलन कायम गर्न,
  • Non-budgetory खर्चलाई घटाउन,
  • उत्तरदायित्व प्रबद्र्धन गर्न,
  • स्वीकृत बजेटको अधिकतम प्रयोग गर्न,
  • यथार्थ लागत अबगत गराउन,
  • स्रोत परिचालनमा सहजता ल्याउन,
  • दिर्घकालिन बजेट तर्जुमको लागि सहयोग पुर्याउन,
  • योजना, कार्यक्रम र बजेटको सुदृढ अन्तरसम्बन्ध विकास गर्न गराउन,
  • आर्थिक अनियमितता नियन्त्रण गर्न, आदि 

वस्तुगत/सामान्य ज्ञान 

१) नोबेल पुरस्कार २०२० कुन–कुन बिधामा कसलाई प्रदान गरियो ?

अर्थशास्त्र पल आर मिलगा्रेम, अमेरिका
रोवर्ट बी विल्सन, अमेरिका
चिकित्साशास्त्र हार्वे जे अल्टर,अमेरिका
चाल्र्स एम राइस, अमेरिका
माइकल हगटन, बेलायत
भैतिकशास्त्र रोजर पेनरोज, बेलायत 
राइनहार्ड गेन्जेल, जर्मनी
एन्ड्रिया गेज, अमेरिका
रसायनशास्त्र इस्मानुएल सार्पेन्टिर, फ्रान्स
जेनिफर डाउड्ना, अमेरिका
शान्ति विश्व खाद्य कार्यक्रम
साहित्य लुइस ग्लिक, अमेरिका

२) नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को हुन ?

  • विश्वेश्वर प्रसाद कोईराला, वि.सं. २०१६/०२/१३ देखि २०१७/०९/०१ सम्म,

३) हिन्दु धर्म शास्त्र अनुसार अष्ट चिरञ्जीबी भनि कसलाइ चिनिन्छ ?

  • परशुराम, राजा बली, हनुमान, विभिषण, महर्षी व्यास, अश्वथामा, कृपाचार्य र मार्कण्डेय

४) पृथ्वी बाट सबै भन्दा नजिकको ग्रह कुन हो ?

  • शुक्र

५) कुन हावा पानीको प्रदेशलाई संशारको बगैँचा (garden of the world) भनि चिनिन्छ ?

  • भुमध्यसागरिय हावा पानीको प्रदेश

६) उत्तर बाहिनी भनेर कर्मनाशा नदिलाई चिनिन्छ भने उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ ?

  • सानो भेरी

७) नेपालमा ३००० मिटर भन्दा माथी कति भूभाग रहेको छ ?

  • २७.५%

८) बौद्धिक क्रान्ती भनेर कुन क्रान्तीलाई चिनिन्छ ?

  • फ्रान्सको राज्य क्रान्ती

९) लिच्छवी कालमा त्रिकर भन्नाले कुन–कुन करलाई चिनिन्थ्यो ?

  • भाग, भोग र कर 

१०) तलेजु भवानीको मन्दिर कुन दिन सर्वसाधारणको लागि खुला गरिन्छ ?

  • रामनवमी 

११) नेपालले सर्वप्रथम कुन देश संग श्रम सम्झौता गरेको हो ?

  • कतार 

१२) नेपाल खुला विश्वविद्यालय (Nepal open university) को स्थापना कहिले भएको हो ?

  • वि.सं. २०७३ मा

१३) एसियाली खेलकुद महासंघको स्थापना कहिले भएको हो ?

  • सन् १९४९ फेब्रुअरि १३ 

१४) सर आइज्याक न्युटनले आफ्नो प्रसिद्ध कृती principa कुन भषामा लेखेका थिए ?

  • ल्याटिन भाषा

१५) सर्वप्रथम email को सुरूवात कहिले र कुन देश बाट भएको हो ?

  • सन् १९७६ मा अमेरिका बाट 

१६) हरित गृह प्रभाब (greenhouse effect) को अबधारणा ल्याउने वैज्ञानिक को हुन ?

  • वेरिन जिन फेरियर 

१७) नेपालमा सर्व प्रथम जनगणना लिने संस्था कुन हो ?

  • सेन्सस गोश्वारा 

१८) संयुक्त रास्ट्रसंघिय विश्वविद्यालय कहा रहेको छ ?

  • टोकियो, जपान,

१९) मदर टेरेसाको जन्म कहा भएको थियो ?

  • मेसेडोनिया 

२०) राजा, राष्ट्रपति र प्रधानमन्त्री हुने विश्का एक ब्यक्ति को हुन ?

  • नरोद्दम सिंहानुक, कम्बोडिया 

                    समाप्त

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com