२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:२४:२१

 

बैदेशिक रोजगारमा गएका युवाहरूले मधेस लगायत समग्र नेपालको विकासमा मुख्य योगदान दिएका छन् : सांसद अनिल कुमार झा

img-responsive
अब्दुल समाद , २०७७ कात्तिक १४, शुक्रबार,०१:३२:PM  
img-responsive

 रौतहट, १४ कार्तिक। रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (संघीय सांसद), पूर्व उद्योग मन्त्री एवं जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख अनिल कुमार झा जनता समाजवादी पार्टीले बड़ा दशै, शुभ दीपावली तथा महापर्व छठको अवसरमा रौतहटको यमुनामाई गाउँपालिका वड़ा नम्बर ३ मा पार्टीको पालिका स्तरिय समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख आतिथिको रूपमा सम्बोधन गर्दै पालिकामा संघीय संसदले पठाउने विकास निर्माणको रकम स्थानीय तहका प्रमुखले जथाभावी खर्च गर्न नहुने अभिप्रायका साथ अभिव्यक्त गरेका विचारलाई विभिन्न प्रकारले भ्रामक अर्थमा केहि संचारकर्मीले संप्रेषित गरेकोमा दु:ख व्यक्त गरेका छन् ।

सांसद झाले आफु जहिले पनी श्रम गर्न विदेशिएका युवाहरुको देश, मधेश एवं प्रदेशको विकासमा मुख्य योगदान रहेकोे जिकिर गर्ने गरेको स्मरण गरे। युवाहरू विदेश पलायन हुनु दु:खद रहेकोे, देश मै उनीहरुलाई अवसर दिनु पर्ने र त्यसका लागी आफू विभिन्न अवसर र प्लेटफर्ममा अवाज उठाउदै आएको उनले बताए। पूर्व मन्त्री झाले स्थानीय निकायलाई पुल, नाला, सिंचाई, विद्यालय, अस्पताल लगायतका स्थानिय विकास निर्माण र सामाजिक सुरक्षाको कार्य गर्न संघीय संसदले एकमुष्ठ बजेट दिने गरेको तर कतिपय स्थानिय निकाय प्रमुखले सांसद बिरुद्ध अनर्गल प्रलाप गर्ने र सांसदहरु लाई बदनाम गर्न लागिपरेकोले वहांहरुले त्यस्तो गर्न‌ नमिल्ने टिप्पणी गरे। विकास निर्माण देखि लिएर दैवी प्रकोपको बेला राहत सामग्री खरीद गर्न तथा कोरोना महामारी नियंत्रण गर्नमा समेत संघीय संसदले नै अधिकार प्रदान गरेकोले स्थानिय तहले सम्पादन गर्ने‌ हरेक कार्यमा संघीय सांसदको‌ योगदान रहेको स्पष्ट गरे। एउटा उदाहरणलाई मूल समाचार बनाई आफ्नो भनाईलाई नै अन्यथा अर्थ लाग्ने गरी बंग्याएर सिंगों स्थानिय निकाय प्रमुख र महिलालाई आफु प्रति द्वेशभाव उत्पन्न गराउन चलाइएको अभियानबाट प्रभावित नहुन उनले सम्पूर्ण स्थानिय निकाय प्रमुख, महिला एवं संचारकर्मीहरुलाई आग्रह गरे। आफु मिडिया र प्रेस स्वतन्त्रताको लागी लामो संघर्ष गरेको सर्वविदित हुँदा पनि राजनीतिक आग्रहका कारण केहीं मिडियाकर्मीले तथ्यलाई अन्यथा प्रस्तुत गरेको भएपनि आफु पत्रकारको सम्मान गर्न नछाड़ने उनले स्पष्ट गरे।

उनले के गर्ने र के नगर्ने बिषय गौण रहेको, मूलतः हाम्रो क्षेत्र, समाज, पार्टी र जनतालाई के आवश्यक छ भने कुरा प्रमुख रहेकोले आफु रौतहट क्षेत्र नं १ को आमजनताको भावना अनुसार नै काम गर्ने उनले बताए। आफु जाति, वर्ग, धर्म र सम्प्रदाय भन्दा पनि माथि उठेर जनता केन्द्रित राजनीतिलाई अगाडि बढाउने उनले स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com