२०७७ मङ्सिर १४, आइतबार

img-responsive

१०:२४:१७

 

बडादशैं पश्चात सुन तथा चाँदीको मुल्यमा निरन्तर गिरावट

img-responsive
गोठालो खबर -२ २०७७ कात्तिक १४, शुक्रबार,०१:१७:PM  
img-responsive

कार्तिक १४, काठमाण्डौ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हप्ताको अन्तीम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ। सुनको भाउमा आज प्रतितोलामा २०० रुपैयाँले मुल्यमा गिरावट आएको छ। आज प्रतितोला छापावाल  सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँ कायम  भइ कारोवार भएको छ।

बडादसैँको सरकारले दिएको बिदा पश्चात खुलेको सुनको भाउ ओरालो लाग्ने क्रम जारि रहेको छ।  हिजो बिहिबार प्रतितोला १ हजार रुपैयाँले घटेर कारोवार भएको सुनको मुल्यमा आज पनि केहि गिरावट आएको हो।  हिजो प्रतितोला छापावाल सुन ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको भाउभने  स्थिर भइ प्रतितोला  १ हजार १८० रुपैयाँ नै कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com