२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:५४:१५

 

पैगम्बर-हुजुर सलल्लाहु अलैहि वसल्लमको १४९५औं जन्मोत्सवको हार्दिक शुभकामना र यसको महत्व

img-responsive
गोठालो खबर २०७७ कात्तिक १४, शुक्रबार,१२:१७:PM  
img-responsive

काठमाडौ, १४ कार्तिक। आज हजरत मुहम्मद सलाल्लाहुको जन्म दिन, विश्वभरका ईस्लाम धर्मका समुदायका महत्वपुर्ण दिनका अवसरमा एम डी मोज़िबुल्लाहाले विश्वभरका मुस्लिमहरुलाई यो पबित्र दिनको अवसरमा शुभकामना शन्देश दिनुको साथै यो दिनको महत्वलाई प्रकाश पनि पार्नु भएको छ। यस उपलक्ष्यमा बारारविऔल माउने चलन रहेको छ, जहाँ प्रदर्शनहरु गर्नुको साथै नमाज पढ्ने गरिन्छ। यो कार्य नेपाल लगायत विश्वभर एकसाथ मनाउने गरिन्छ। 

कसरि मनाउन शुरुभयो त बारारविऔल ?

पौराणिक कथन अनुसार, अरब महाद्विपमा अल्लाह तआलाका अन्तिम सन्देष्टा हजरत मुहम्मद सलल्लाहु अलैहि वसल्लमको आगमन भन्दा पहिले अकाईद्को खराबी त थियो नै त्यो माथी अझ धेरै बिकृतीहरुले पनि जन्म लि सकेको थियो। सति प्रथा, जुवा, जाड रक्सीको सेवन, नव-शिशु छोरीलाई जीउँदै खाडलमा पुरिदिने, अरु प्रति अपहेलनाको व्यहवार आदि-ईत्यादी सबै कार्यहरु जुन इस्लामको शरियत बमोजिन अमान्य थिए ति सबै कार्यहरु खुल्लम खुल्ला भइरहेको थियो ।

आखिर मानव इतिहासको त्यो सबभन्दा प्रकाशमय र पवित्र दिन आयो जब मानवताका लागि उपकार बनेर हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैहि वसल्लमको जन्म मक्का शहरमा भयो । उहाँको जन्म २० अप्रिल सन् ५५१ सोमवार र अरबी पात्र अनुसार १२ रविउल औवलमा भयो । उहाँको यस धर्तीमा भएको आगमनले अन्धकार र बिपत्तिहरुले घेरिएको विश्वमा सत्य-प्रकाश दिप्तमान भयो ।

उहाँ आफ्नो समुदायमा शुरुदेखी नै अधिक सज्जन, सदाचारी, सत्यप्रेमी प्रकृतिको हुनुहुन्थ्यो । त्यसैले उहाँलाई समुदायका मनिसहरु `अमिन´ अर्थात नासोको हिफाजत गर्ने ब्यक्तिको रुपमा पुकार्ने गर्दथे। उहाँ राम्रो काममा अरुको सहायता गर्नु हुन्थ्यो समाजमा हुने झैझगडा, असन्तुष्टि, सति-प्रथा, नवजात शिशुलाई जिउँदै मृत्युको मुखमा पुराउने जस्ता जटिल गलत गतिविधिहरुको अन्त्य गर्नु भएको थियो । यस सम्बन्धमा तत्कालीन एउटा घटना भन्नु सान्दर्भिक नै होला मक्का स्थित काबाको नव निर्माण भईरहेको थियो।

निर्माण कार्यमा हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैहि वसल्लम पनि जुट्नु भएको थियो यतिकैमा काबाको पर्खालमा कालो पत्थर अर्थात हज्रे अस्वद राख्नु पर्ने समय आयो। यस सम्बन्धमा समुदायमा ठुलो मतभेद र विवाद उत्पन्न हुन गयो । प्रत्येक समुदाय आफुले नै उक्त पत्थर उठाएर पर्खालमा पाउनु पर्ने कुराको दाबी गर्दथ्यो । विवाद बढ्दै गएर यतिसम्म पुग्यो कि एक अर्का विरुद्ध तलबार निस्कन थाल्यो। यस विवादलाई उपयुक्त ढंगबाट समाधान गर्ने श्रेय हजरत मुहम्मद मुस्तफा सलल्लाहु अलैहि वसल्लमलाई नै गएको मानिन्छ। उहाँ नीतिवान्, सभ्यता र संस्कृतिका सुधारक, महान कानून वादी ,उच्च श्रेणीका न्यायाधीश बनेर प्रकट हुनुभयो भन्ने कथन रहेको छ।

उहाँले अरबका ति अशिक्षित मरुस्थल बासिहरुलाई यस अघि कसैले नभनेका र पछी कसैले भन्न नसक्ने दार्शनिक र बुद्धिमताको कुराहरू भन्न थाल्नुभयो । त्यती मात्र हैन उहाँले सामजिक, आर्थिक र अन्तराष्ट्रिय विषयमा समेत कानून् बनाउन थाल्नु भयो। अल्पभाषी शान्तिप्रिय उहाँले जिवनमा कुनै दिन समाजमा शान्तिभङ्ग पार्ने कार्यको सृजना भएन। यो सम्पूर्ण कुरा कुनै साधरण ब्यक्तिमा सम्भव पनि थिएन।

अल्लाहले मानव जातिका मार्गदर्शक र उत्कृष्ट नमुनाको रुपमा नबि ए करिम सलल्लाहु अलैहि वसल्लमलाई छानोट गरेका र आखिरत सम्मको लागि आफ्नो रसुल (सन्देशक) बनाएकाले नै उहाँमा यस्ता अत्यन्त प्रतिभासाली गुण र विशेषताहरु भएका हुन् भन्ने भनाई रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com