२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:३४:४८

 

अपि पावरको हकप्रद शेयरमा आजबाट आवेदन दिन पाइने

img-responsive
गोठालो खबर -२ २०७७ कात्तिक १४, शुक्रबार,१०:१५:AM  
img-responsive

कार्तिक १४, काठमाण्डौ। अपि पावर कम्पनी लिमिटेडले आज बाट एक कित्ता शेयर बराबर ०.४७ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सय रुपैयाँ अंकित ५६ करोड ७० लाख रुपैयाँको ५६ लाख ७० हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो। कम्पनीका अनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको कम्पनीको हकप्रद सेयर धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर खाता प्रयोग गरि मंसिर ४ गतेसम्म आवेदन दिन सक्नेछन। 

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी  १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com