२०७७ मङ्सिर १४, आइतबार

img-responsive

०९:४१:०२

 

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई दसैंको टीका

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक ११, मङ्गलबार,०७:५२:AM  
img-responsive

काठमाडौ, ११ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर  राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैंको टीका लगाएका छन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले शीतल निवास पुगेर बडादसैंको टीका ग्रहण गरेका हुन्। टीकासँगै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई  जमराको माला लगाइदिएकी छन्। लगाइदिनु भएको छ। उक्त अवसरमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले समेत राष्ट्रपतिको हातबाट टीका लगाएर जमराको माला ग्रहण गरेकी छन्। 

प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली गृहजिल्ला  झापामा भएकाले यसपटक ओलीले बालुवाटारमा टीका नलगाएका हुन्। बालुवाटारमा पत्नी राधिकालाई टीका लगाइदिएर ओली टीका थाप्न शीतल निवास पुगेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भने शीतल निवासमै आमा मिथिला पाण्डेका हातबाट टीका लगाएकी छन्। दसैं टीकाको उत्तम साइत १० बजेर १९ मिनेटको शुभसाइतमा भण्डारीले आमाको हातबाट टीका र जमरा ग्रहण गरेकी हुन्। 

आमाको हातबाट टीका लगाएपछि राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्ती पनि टीका लगाइदिएकी छन्। अन्नपूर्ण पोस्ट बाट 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com