२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:२६:२४

 

आफ्नै नगरपालिकामा पनि प्रहरी सुरक्षा घेराकाबीच सांसद प्रभु साह द्वारा शुभकामना आदान प्रदान कार्यक्रम

img-responsive
एम. डी. मोजिबुल्लाह , रौतहट , २०७७ कात्तिक १०, साेमबार,०७:१३:PM  
img-responsive

कात्तिक १० गते, रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष एवं रौतहट क्षेत्र नं ३ का सांसद प्रभु साह द्वारा आज शुभकामना आदान प्रदान कार्यक्रम प्रहरी सुरक्षा घेराकावीच सम्पन्न गरेका छन् । 

सांसद साहको आफनै नगरपालिका मौलापुर नगरपालिका-१, मर्यादपुरमा आज प्रहरी सुरक्षा घेराकाबीच शुभकामना आदान प्रदान कार्यक्रम गर्नु गरेका हुन् । सांसद प्रभु साहले आज विहान मर्यादपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको मर्यादपुरका वडा अध्यक्ष राम प्रवेस यादव सहित उनका समर्थकहरुले कडा विरोध गरेका छन् । रौतहट प्रशासनको आदेश विपरीत सांसद साहले डिजे बाजा, माइकको प्रयोग र भिडभाड गरेर कार्यक्रमको आयोजना गरेकोले आफुहरु विरोध गरेको मौलापुर नगरपालिका-१ का वडा अध्यक्ष राम प्रवेस यादवले बताएका छन । 

वडा अध्यक्ष यादवको नेतृत्वमा सयौ कार्यकर्ताहरुले विरोध गर्न थालेपछि सांसद साहले व्यापक मात्रामा नेपाल र शसस्त्र प्रहरी परिचालन गराएर सुरक्षा घेराकाबीच आफना कार्यक्रम गरेको हो ।  वडा अध्यक्ष राम प्रवेस यादवको नेतृत्वमा सयौ कार्यकर्ताहरुले विरोध सहित नारावाजी गर्न थालेपछि सांसद साहले कार्यक्रम विथोलिने डरले प्रहरीको सहयोगमा कार्यक्रम सम्पन्न गरेको हो । 

सांसद साहको कार्यक्रम भइरहेका बेला बिच-बिचमा वडा अध्यक्ष यादवका कार्यकर्ताहरुले विरोध गर्दा झडपको स्थिती समेत सृजना हुन सक्ने अवस्था आएको थियो तर व्यापक मात्रामा प्रहरी परिचालन गरिएकोले झै झगडा अथवा झडप हुनबाट जोगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com