२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:३७:०७

 

अफगानि सुरक्षा फौजको कारबाहीमा अल कायदाका वरिष्ठ नेता मस्रीको मृत्यु

img-responsive
गोठालो खबर -३ २०७७ कात्तिक १०, साेमबार,०८:१४:AM  
img-responsive

काबुल, १० कात्तिक। अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका अफगानी सरकारी स्रोतले शनिबार जनाएको छ ।

अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीट गर्दै सुरक्षा कारबाहीमा अल कायदा नेता मस्रीको मृत्यु भएको जनाएको हो । मस्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मोस्ट वान्टेड व्यक्तिको सूचीमा रहेका थिए । मस्रीमाथि अमेरिकामा आतंकवादी क्रियाकलापमा संलग्न समूह र संगठनलाई सहयोग गरेको आरोप लाग्दै आएको थियो । घाज्नी प्रान्तमा अल कायदामाथि गरिएको विशेष कारबाहीमा मारिएको इजिप्टका नागरिक मस्री अल कायदाका दोस्रो उच्च नेता भएको बताइएको छ । हुसाम अब्दुल रौफका नामले समेत चिनिने उनीविरुद्ध अमेरिकाले सन् २०१८ को डिसेम्बरमा पक्राउ पूर्जी जारी गरेको थियो ।

गत महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अफगानिस्तानमा अलकायदामा २०० भन्दा कम व्यक्तिको संलग्न रहेको बताएका थिए । शनिबार मात्रै अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा शैक्षिक केन्द्रमा गराइएको आत्माघाती बम विस्फोटमा कम्तीमा १८ जनाको मृत्यु भएको थियो ।

विस्फोटमा कम्तीमा ५७ जना घाइते भएको बताइएको छ । विस्फोटको जिम्मा आतंकवादी संगठन इस्लामिक स्टेटले लिएको छ । समाचारपत्र बाट 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com