२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:३९:४८

 

कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव लगायत सबै निर्णय बदर गर्ने सहमति

img-responsive
गोठालो खबर -१ २०७७ कात्तिक ५, बुधबार,०७:२०:AM  
img-responsive

काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभएको हटाउने निर्णय बदर गर्ने सहमति भएको छ ।

आज बिहान दुई अध्यक्षबीचको भेटमा सो सहमति भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

त्यस्तै, प्रमुख सचेतकमा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने तथा मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको थापाले जानकारी गराउनुभयो ।

यसैबीचअध्यक्ष प्रचण्डका प्रेस संयोजक  बिष्णुप्रसाद  सापकोटा ‘जुगल’ ले नेआज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको र 
छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो जनाउनु भएको खबर आजको गोरखापत्रले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com