२०७७ मङ्सिर १६, मङ्गलबार

img-responsive

११:४७:००

 

दसैं नजिकिएसँगै होम आइसोलेसनमा बस्न थाले संक्रमित

img-responsive
गोठालो खबर -१ २०७७ कात्तिक ४, मङ्गलबार,०७:३६:AM  
img-responsive

भक्तपुर, ४ कात्तिक । दसैं नजिकिएसँगै भक्तपुरमा पछिल्लो समय होम आइसोलेसनमा बस्ने कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । अस्पताल तथा अन्य आइसोलेसनमा बस्न जाँदा दसैं मनाउन नपाइने चिन्ताले लक्षणयुक्त संक्रमितसमेत होम आइसोलेसन बस्न थालेका हुन् ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका सक्रिय संक्रमितको ८३।९५ प्रतिशत अर्थात एक हजार ६ सय ३२ जना होम आइसोलेसनमा बसेका छन् ।कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार आइतबारसम्म भक्तपुरका ८ सय ८९ पुरुष र ७ सय ४३ महिला होम आइसोलेसनमा बसेका हुन् । जबकि भक्तपुरमा एकहजार ९१ पुरुष र ८ सय ५३ महिला गरी एकहजार ९ सय ४४ जना सक्रिय संक्रमित रहेको मिजार बताउँछन् ।

उनका अनुसार सक्रिय संक्रमितमध्ये ५४।६८ प्रतिशत अर्थात एकहजार ६३ जना लक्षणयुक्त रहेका छन् । जसअनुसार ६ सय पुरुष र ४ सय ६३ महिला रहेका छन् ।भक्तपुरमा अस्पतालको आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या २ सय २ पुरुष र एकसय १० महिला गरी ३ सय १२ रहेका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com