२०७७ मङ्सिर १७, बुधबार

img-responsive

१२:००:५२

 

महिला हिंसा तथा बलात्कारविरूद्ध शनिबार चितवनमा प्रदर्शन

img-responsive
अब्दुल समाद , २०७७ कात्तिक २, आइतबार ,०४:०७:PM  
img-responsive

कार्तिक २, चितवन। महिला हिंसा तथा बलात्कारविरूद्ध शनिबार चितवनमा प्रदर्शन भएको छ । भरतपुरको चौबिसकोठीमा youth against rape Nepal नामक सामाजिक सञ्जाल समुहको आयोजनामा प्रदर्शन भएको हो ।

विभिन्न ठाउँबाट भेला भएका युवा अभियान्ताहरुले स्वतस्फुर्त रूपमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा युवाहरुले बलात्कारविरूद्ध सडक नृत्य प्रस्तुत गरेका थिए । उनीहरूले कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध गरेका थिए ।

युवा अभियान्ताहरुले बलात्कार विरुद्धका पोष्टर प्रदर्शन गर्दै बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको माग पनि गरेका छन । कार्यक्रममा युवा अभियान्ताहरु दिवाकर राज श्रेष्ठ, पुष्पा सापकोटा, पवित्र थापा, रुबिना आचार्य लगायतले बोल्नुभएको थियो

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com