२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:२०:५९

 

बिरगंजको श्री गणेश अपार्टमेन्टबाट २३ किलो भन्दा बढी सुन बरामद

img-responsive
गोठालो खबर -२ २०७७ कात्तिक १, शनिबार,०४:४७:PM  
img-responsive

कार्तिक १ , बिरगंज  

पर्सा जिल्लाको वीरगञ्जमा प्रहरीले स्थानीय हरुको रोहवरमा छापा मारी एक अपार्टमेन्टबाट २३ किलो भन्दा बढी सुन बरामद गरेको छ। वीरगञ्ज स्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट सो परिमाणमा सुनका बिस्कुट तथा गरगहना हरु बरामद गरिएको हो। 

प्राप्त समाचार अनुसार अपार्टमेन्टमा  भारतीय मुलका अशोक सिन्हा बस्दै आएको बुझिएको छ। उनि पूर्वी चम्पारन हरैया निवासी रहेको खुल्न आएको छ। सुराकीका आधारमा प्रहरीले केहि दिनबाट निगरानी  गर्दै आएको थियो।

फ्ल्याटमा सुन रहेको सूचना पाएपछि प्रहरी पुगेको थियो तर कोही नआएपछि स्थानीयको रोहवरमा कोठा फुटाइ हेर्दा सो परिमाणमा सुन बरामद गरिएको हो। 

फोटो : अनलाइन 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com