२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:३६:१९

 

आज घटस्थापनाको दिन ३१ सय ६७ कोरोना संक्रमित थपिए

img-responsive
गोठालो खबर -१ २०७७ कात्तिक १, शनिबार,०४:४४:PM  
img-responsive

काठमाडौं, १ कात्तिक । नेपालमा कोरोना भाइरसका आज ३१  सय ६७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २९ हजार  ३ सय  ४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ हजार  ४ सय   ३८ जनाको पिसीआर परिक्षणमा  ३१ सय ६७ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् । देशभर संक्रिय संक्रमितको सख्या ३८ हजार ७ सय ३७ रहेको छ । 


काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका   १४५१ जना र ललितपुरका  १५२ जना र भक्तपुरका  १४३ जना रहेका छन् । त्यसैगरी आज २४ घन्टामा  १८०० कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ८९ हजार  ८ सय  ४० रहेको छ । आज १२ जनाको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७२७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com