२०७७ कात्तिक १०, साेमबार

img-responsive

०७:१६:५६

 

बजेटको परिचय दिई बजेटका तत्वहरु उल्लेख गर्नुहोस ? (लोकसेवा, बैंक , संस्थान को परिक्षा तयारीको लागि )

img-responsive
सन्तोष पराजुली , २०७७ कात्तिक १, शनिबार,०९:५५:AM  
img-responsive

 बजेटको परिचय दिई बजेटका तत्वहरु उल्लेख गर्नुहोस ?

बजेटको परिचय

कुनै पनि मुलुकका लागि सरकारले विगत र वर्तमानको आर्थिक अवस्थाको मुल्याङ्कनका आधारमा 
आगामी वर्ष गरिने कार्यक्रमहरुका लागि तयार परिएको आय र व्ययको अनुमानित विवरणलाई उक्त मुलुकको बजेट भनिन्छ । बजेट अर्थ राजनीतिक दस्तावेज हो ।

विश्वमा सर्वप्रथम बजेटको सुरुवात सन् १७३३ मा बेलायत बाट भएको हो भने नेपालमा विःसं २००८ साल माघ २१ गते बाट भएको हो ।

बजेटका तत्वहरु

    राजश्व-कर राजश्व, गैह्र कर राजश्व, भन्सार, अन्तशुल्क,
    अनुदान-सशर्त अनुदान, निशर्त अनुदान,
    ऋण-आन्तरिक, वाह्य, दुई पक्षिय र बहुपक्षिय ऋण,
    वित्तिय व्यवस्थापन-ऋण लगानी, सेयर लगानी, आन्तरिक ऋण भुक्तानी, वाह्य ऋण भुक्तानी,
    चालुगत खर्च-विभिन्न खालका योजना परियोजना,
    पुँजिगत खर्च-विभिन्न खालका योजना परियोजना,
    संविधान,
    योजना,
    नीति तथा कार्यक्रम,
    संसद आदि ।

(बस्तुगत / सामान्य ज्ञान)

१) नेपालको वर्तमान संविधानको कुन धारामा प्रदेशको राजधानी र नाम सम्बन्धी व्यवस्था गरेको छ ?

  • राजधानी धारा २८८ (२), नाम धारा २९५ (२) 

२) प्रदेश नम्बर ५ को राजधानी र नाम कहिले तोकियो ?

  • विःसं २०७७/६/२० मा, नाम—लुम्बिनी, राजधानी—राप्ती उपत्यका “देउखुरी”

३) सन् २०२० को भौतिक सास्त्र तर्फको नोवेल पुरस्कार कसलाई दिने घोषणा गरेको छ ?

  • रोजर पेनरोज – बेलायत,
  • एड्रियागेज –अमेरिका,
  • राइनहाड्र गेन्जेल –जर्मनी,

४) कार्यालय समय १०–४ बनाउने राणा प्रधानमन्त्री को हुन ?

  • भीम शमशेर,
  • कार्यालय समय १०–५ बनाउने — देब शमशेर 
  • फागुन देखि कात्तिक सम्म १०–५ र कात्तिक देखि माघ सम्म १०–४ बनाउने — पद्म शमशेर 
  • शुक्रबार आधा र शनिबार पुरै बिदा दिने — भीम शमशेर
  • कर्मचारीलाइ पेन्सनको व्यबस्थ गर्ने — जुद्ध शमशेर

५) नेपालको एक मात्र शिकार आरक्ष कुन हो ?

  • ढोरपाटन शिकार आरक्ष

६) सबै भन्दा ठुलो ग्रह कुन हो ?

  • वृहस्पती (Jupiter)

७) नेवारी भाषको पहिलो चलचित्र कुन हो ?

  • शिलु 

८) नेपालकोे पहिलो औद्योगिक क्षेत्र कुन हो ? 

  • बालाजु औद्योगिक क्षेत्र ( विःसं २०१६ )

९) वीर बलभद्र कुँवरको मृत्यु कहाँ भएको हो ?

  • अफगानस्तान मा

१०) वातावरण संरक्षण परिषदको अध्यक्ष को रहने व्यवस्था छ ?

  • प्रधानमन्त्री 

११) बेरी बेरी कुन भिटामिनको कमिले लाग्ने रोग हो ?

  • भिटामिन B1

१२) ब्लेडको आविस्कार कसले गरेका हुन ?

  • जिलेट 

१३) विश्वकप फुटबलको सुरुवात कहिले बाट भएको हो ?

  • सन् १९३०, उरुग्वे बाट

१४) विद्यालय स्तरको शैक्षिक तथ्याङ्क राष्ट्रिय रुपमा कसले प्रकाशन गर्दछ ?

  • शिक्षा तथा मानव विकाश स्रोत केन्द्र

१५) शिक्षा ऐन २०२८ को कति औँ संशोधनले आयोगबाट अध्यायन अनुमती पत्र नलिई कसैले पनि शिक्षक उमेद्वार हुन नपाउने व्यवस्था गरेको छ ?

  • सातौँ संशोधन 

१६) नेपालको वर्तमान संविधान बमोजिम कुनै ७ वटा वडा रहेको गाउँपालिकामा कति जनाको गाउँसभा रहेको हुन्छ ?

  • ३९ जना 

१७) लागाँ पर्व कुन जातीको मुख्य पर्व हो ?

  • छन्त्याल 

१८) चिनिको कचौरा भनि कुन देशलाई चिनिन्छ ?

  • क्युवा 

१९) विश्वको सर्वोच्च स्थान बाट उत्पती भएको नदि कुन हो ?

  • अरुण

२०) नेपालमा सबै भन्दा बढि प्रयोग भएको खनिज कुन हो ?

  • चुनढुङ्गा 

समाप्त

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com