२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:२७:२४

 

नेपाल प्रहरीमा नयाँ भर्ना आव्हान

img-responsive
गोठालो खबर -१ २०७७ असाेज ३०, शुक्रबार,०७:०५:PM  
img-responsive

काठमाडौं, ३० असोज । नेपाल प्रहरीमा ५ हजार २ सय २७ जना प्रहरीजवानको लागि नयाँ भर्ना आव्हान गरेको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान(जनपद) पदका लागि ५ हजार २ सय २७ जनाका लागि खुल्ला प्रतियोगिताद्वारा समावेशीप्रावधान अनुसार नयाँ भर्ना दरखास्त आव्हान गरेको हो ।

प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर,७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर, दुधौली सिन्धुली, पोखरा,बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरीकार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने प्रहरीले जारी  गरेको सुचनामा उल्लेख छ ।

नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म सम्बन्धितकार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्ना सम्बन्धी विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीकोवेबसाइटमा समेत राखिएको छ । साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरीप्रधान कार्यालय भर्ना तथा छनौट महाशाखाको फोन नम्बर ०१(४४१४९०६ मा सम्पर्क राख्नसकिने सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com