२०७७ कात्तिक १०, साेमबार

img-responsive

०६:४२:११

 

एकैदिन ४३ सय ९२ जना कोरोना संक्रमित थपिए

img-responsive
गोठालो खबर -१ २०७७ असाेज ३०, शुक्रबार,०५:२३:PM  
img-responsive

काठमाडौं,३० असोज ।  २४ घन्टामा देशभर ४३  सय  ९२ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएसँगै कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १६  हजार  ५ सय  ३१  जनाको पिसीआर परिक्षणमा ४३  सय ९२ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १७८४ जना र ललितपुरका  ३७४ जना र भक्तपुरका  २४४ जना रहेका छन् । देशभर संक्रिय संक्रमितको सख्या ३७ हजार ३ सय ८२ रहेको छ । क्वारेन्टिनमा बस्नेको सख्या ४ हजार ८ सय ८ जना पुगेको छ । 

त्यसैगरी आज २४ घन्टामा  ३५२२ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ८८  हजार  ४०  रहेको छ ।देशभर कुल संक्रमितको सख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।आज २१ जनाको निधन भएसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ७ १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com