२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:१९:३०

 

नेपाल टलिकमका सहायक अख्तियारको फन्दामा

img-responsive
गोठालो खबर -१ २०७७ असाेज २९, बिहीबार,०७:१४:PM  
img-responsive

काठमाडौं, २९ असोज । नेपाल टलिकमका बरिष्ठ सहायक रामचन्द्र लामिछाने माथि अख्तियारले ८६ लाख भष्टाचार गरेको अभियोगमा बिहीबार मुद्दा दायर गरेको छ । नेपाल टेलिकम, केन्द्रीय स्टोर अन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक लामिछाने माथि स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा अनियमिता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो । 


  अख्तियारले अनुसन्धान गर्दा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा ८६ लाख ८८ हजार१ सय ३२ रुपैयाँ लामिछानेले अनियमितता गरेको पृष्टि भएको थियो । लामिछानेले सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको प्रमाणित भएकोले कानुन बमोजिम हानि नोक्सानी बिगो रकम लामिछानेबाट असुल उपर गरी पाउन समेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com