२०७७ मङ्सिर १५, साेमबार

img-responsive

०१:०९:५०

 

सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट हुने

img-responsive
गोठालो खबर -१ २०७७ असाेज २९, बिहीबार,०९:२१:AM  
img-responsive

असोज २९, काठमाण्डौ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बिहीवार प्रि– अलोटमेण्ट गरेर शुक्रवार सानिमा जनरल इन्स्योरन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट गर्ने भएको छ। 

मागभन्दा ६ दशमलव ९६ गुणा बढी आइपिओ आवेदन परेको सानिमाले सर्वसाधारणका लागी असोज २१ देखि २५ गतेसम्म २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन गरि विक्री गरेको थियो । कम्पनीको आईपीओमा  ८ लाख ८३ हजार ६२३ जना आवेदकबाट १ करोड ९० लाख १२ हजार ३४० कित्ताको लागि आवेदन परेको हो।

कम्पनीको चुक्तापुंजी हाल रू.७० करोड रहेकोमा आईपीओ विक्री पश्चात चुक्तापूँजी रू. १ अर्ब पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com