२०७७ कात्तिक १२, बुधबार

img-responsive

११:५३:३४

 

बाल गायक सन्देश पौडेलको "मेरी आमा" बोलको म्युजिक भिडियो सार्वजनिक

img-responsive
गोठालो खबर -२ २०७७ असाेज २८, बुधबार,०८:२३:PM  
img-responsive

असोज २८, काठमाण्डौ। जडिबुटी स्थित जागृति एकेडेमीमा कक्षा-८ मा अध्यनरत छात्र तथा बाल गायक सन्देश पौडेलको "मेरी आमा" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा बालगायक सन्देश पौडेल र बरिष्ठ गायिका संगीता प्रधान रानाले स्वर प्रदान गरेका छन।भिडिओमा सन्देश पौडेल आफैले अभिनय गरेका छन् भने उनलाई नेपाली कला जगतका नाम चलेकी कलाकर्मी शर्मिला शर्माले साथ् दिएकी छिन। उक्त भिडियो को निर्देशन राज कुमार कुवर र गोविन्द दुलाल ले गरेका छन् ।

गायनमा रुचि राख्ने बाल गायक सन्देश पौडेल बिद्यालयमा वार्षिक रुपमा हुने गायन प्रतियोगितामा सहभागी भइ प्रथम स्थान समेत हात पार्न सफल भएको कुरा बिद्यालयका प्रधानाध्यापक राजन कुमार श्रेष्ठले बताउनु भएको छ। आफ्ना बिद्यालयमा पढ्ने सानै उमेरका बाल प्रतिभाको लागि बिद्यालय परिवारले  उनको उतरोतर प्रगतिको कामना गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com