२०७७ कात्तिक १५, शनिबार

img-responsive

०९:०८:४४

 

प्रधानमन्त्री केपी ओली द्धारा मन्त्रिमण्डल पुनर्गठन, ईश्वर पोख्रेललाई  रक्षामन्त्रालय बाट हटाइयो  

img-responsive
गोठालो खबर -३ २०७७ असाेज २८, बुधबार,०८:००:PM  
img-responsive

काठमाडौ, २८ असोज। आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । यस अघि रक्षा मन्त्रालयका जिम्मेवारी सम्हालेका ईश्वर पोख्रेलको मन्त्रालय भने खोसिएको छ । उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले आफैले राखेका छन् । पोख्रेल अब भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेर काम गर्ने छन् भने अन्य कुनै जिम्मेवारी दिईएको छैन । यसै गरि विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिईएको छ । 

यस पटकको मन्त्रिमण्डल पुनर्गठन बाट जिम्मेवारी खोसिएका ईश्वर पोख्रेल कोरोना भाईरस संकटको बेला औषधी खरिद प्रकरणमा विवादित ब्यक्ति हुन् भने सेनाको कामकार्वाहीमा समेत अनावश्यक चलखेल गरेको भनेर नेपालीसेना असन्तुष्ट थिए । त्यसै गरि हाल अर्थमन्त्रालयको जिम्मेवार पाएका विष्णु पौडेल बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा विवादित् व्यक्ति हुन् । 

आजको मन्त्रिमण्डल हेरफेर पश्चात मन्त्रालयको जिम्मेवारी पाउनेहरु मध्यका एक पार्वत गुरङ हुन् । उनले यस अघि महिला, बालबालिका मन्त्रालय समालेका गुरङले संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका हुन् । कृष्णगोपाल श्रेष्ठले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिईएको छ । यस अघि यो मन्त्रालय पार्वत गुरङले समालेका थिए । 

आज मन्त्रिमण्डल हेरफेर र नयाँ मन्त्रि थपिए संगै मन्त्रिपरिषद सदस्य संख्या २५ सदस्यीय बनेको छ । संबिधानमा पनि मन्त्रिमण्डल २५ सदस्यको हुने ब्यवस्था रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com