२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:२७:४२

 

सुनको ब्रासलेट र मोबाइल लुटेर हत्या 

img-responsive
गोठालो खबर -१ २०७७ असाेज २८, बुधबार,०६:५४:PM  
img-responsive

काठमाडौं, २८ असोज । लुटपाट पश्चात हत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण बस्ने रामेछाप सोनापती घर भएका ६१ वर्षीय चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या समेत गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं थलि बस्ने सिन्धुपाल्चोक लेखर्क घर भएका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, काठमाडौं वौद्ध बस्ने सिन्धुपाल्चोक चौतार घर भएका २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछाप धोवि घर भएका २७ वर्षीय प्रेम तामाङ रहेका छन् ।

असोज २१ गते दिउँसो चन्द्रको पसलमा उनीहरुले वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको भन्ने बहाना बनाई जग्गा विक्रीबाट आउने फाइदा बाड्नुपर्छ भनी प्रलोभनमा पारी पसलदेखि १ किलोमिटर पर बिडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी उनको साथमा रहेको उक्त ब्रासलेट र मोबाईल समेत लुटि फरार भएका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्न महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । 


    अनुसन्धानको क्रममा मृतक चन्द्रले कामी लामालाई दिनुपर्ने बाँकी रकम दिन आनाकानी गरेपश्चात चन्द्रलाई कुटपिट गरेर भए पनि रकम असुल्ने योजना बनाई कामी लामाले असोज १८ गते काठमाडौं नयाबस्तीमा रमेश र प्रेमसँग योजना बनाई चन्द्रको घर पहिचान गरेपश्चात असोज २१ गते दिउँसो जग्गा हेर्ने बहानामा उक्त धानखेतमा लगि उनीहरुले कुटपिट गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।


    उनीहरुको साथबाट घटनामा प्रयोग भएको बा.९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल १ थान, सुन बिक्रीबाट प्राप्त रकम १ लाख ५५ हजार रुपैयाँमध्ये ५४ हजार ६ सय रुपैयाँ, १ थान हेल्मेट र १ तोला २ लाल गालेको सुन समेत प्रहरीले बरामद गरेको बताएको छ ।


    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com