२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:४४:३५

 

गाउँपालिका मेयरद्वारा सूचना माग्न गएका युवालाई कुटपिट

img-responsive
गोठालो खबर २०७७ असाेज २५, आइतबार ,०५:०६:PM  
img-responsive

असोज २५, बारा 

बारा सुवर्ण गाउँपालिका का मेयरले सूचना माग्न गएका युवालाई कुटिपट गरेका छन्। जनमत पार्टी बाराका संयोजक रहेका बिनोद कुमार यादव गाउँपालिका को कार्यको बारेमा सूचना माग्न जादा पिटिएका हुन्। 

यादवले गाउपालिकाको कार्य प्रगति बारे पटक पटक सूचना माग्दै आएपनि सूचना पाएका थिएनन्। तेस्रो पटक सूचना माग्न जादा मेयर सहित अधिकृत तथा संसदका छोरा रंजित यादबले कुटेका छन्। 

संयोजक यादवमाथि भएको निर्घात पिटाइको जनमत पार्टीले भर्त्सना गर्दै घटनाको छानविन र दोषीमाथी कारवाहीको माग गरेको छ भने दोषीलाई कारवाही नभए जस्तोसुकै संघर्ष मा जाने चेतावनी जनमत पार्टीले गरेको छ। 

घटनाको सम्बन्धमा  "सूचना को हकका लागि राष्ट्रिय सन्जाल नेपाल" ले विज्ञप्ति जारि गर्दै खेद प्रकट गर्नुका साथै निकृष्ट अमानविय ब्यबहारको भर्त्सना गरेको छ। 

विज्ञप्ति :

आम नागरिकले आफ्नो र सार्वजनिक हितको सूचना माग्न पाउने र सार्वजनिक काम काजको विषयमा थाहाँ पाउने अधिकार नेपालको संविधान २०७२ को धारा २७ र सूचनाको हक सम्बन्धि ऐन २०६४ र सोही अनुसार बनेको सूचनाको हक सम्बन्धी नियमावली २०६५ ले सुनिश्चित गरेको सर्वविदितै छ । नेपालको संविधान २०७२ ले अझ देशलाई संघिय लोकतान्त्रिक गणतन्त्र र संघीय शासनतर्फ उन्मुख हुन अभिप्रेरित गरेको अवस्था छ । यसले अझ बढि नागरिकको मौलिक हक अधिकारलाई सुनिश्चित गर्नुपर्ने र लोकतन्त्रमा सुशासन र सुव्यवस्था कायम गरि राज्यका संयन्त्रहरुले, सार्वजनिक निकायहरुले गर्ने कामकाज, सेवा, सुविधा आदिको बारेमा सरल र पारदर्शि रुपमा आम नागरिकहरुको घरदैलो सम्मै पुगेर सूसूचित गर्नुपर्ने, स्वतःस्फूर्त रुपमा सेवा सुविधा पु¥याउनुका साथै सो बारे स्पष्ट सूचना उपलब्ध गराउनुपर्ने मान्यता समेत स्पष्ट रहेको छ ।

यसको ठिक विपरीत जनताको सवैभन्दा नजिकको सरकारको रुपमा रहेको बारा जिल्लाको सुवर्ण गाउँपालिका प्रमुखले आफ्नै नेतृत्वमा घटाएको घटनाले लोकतन्त्र, संघिय शासन पद्धती र  सुशासनको धज्जी उडाएको देखिन्छ । मिति २०७७।०६।२२ गते बिहिबारका दिन बारा जिल्ला, सुवर्ण गाउँपालिका वडा नं. ५, औरैयाका स्थानिय युवा विनोदप्रसाद यादवले कार्यालय समयमा सूचनाको हक सम्बन्धी निवेदन दत्र्ता गर्न गएकोमा नागरिकको थाहाँ पाउने मौलिक हक अधिकारलाईनै कुण्ठित पार्ने उद्देश्यले स्थानिय सरकारको रुपमा रहेको सुवर्ण गाउँपालिकाका प्रमुखको आदेशमा केहि व्यक्तीहरुको समुहले सामुहिक रुपमै सूचना माग कर्ता विनोदप्रसाद यादव माथी निर्घात कुटपिट गरेको प्रति संजाल गहिरो खेद प्रकट गर्दछ साथै आम नागरिकले कानुन बमोजिम पाएको मौलिक हकको आधारमा सार्वजनिक हितको सूचना माग गर्न जाँदा गरिएको यस्तो निकृष्ट अमानविय व्यवहारको हामी घोर निन्दा र भत्र्सना गर्दछौं ।  

सबै विधि र प्रक्रिया पु¥याएर पटक पटक सूचना माग गर्दा समेत नदिईएको र पछिल्लो पटक स्थानिय स्तरमा निर्माण गरिएको सडक बाटो कमसल भएको र उक्त बाटो निर्माणमा अनियमितता भएको आशंकामा सूचनाको हक सम्बन्धी निवेदन दत्र्ताका लागि गाउँपालिकामा जाँदा हाल सम्म पनि पालिकामा सूचना अधिकारी समेत नतोकेका गाउँपालिकाकै प्रमुख र प्रशासकीय प्रमुखले अ¥हाएका व्यक्तिहरुले हुलहुज्जत गरी सूचना मागकर्ता विनोदप्रसाद यादवले दत्र्ता गराउन भनेर लिएर गएको निवेदन समेत च्यातेर गालीगलौज गरी निर्घात कुटपिट गरेको घट्नाले गाउँपालिकाको कालो कर्तुत उदाङ्गो भएको देखिन्छ । आफ्नो कालो कर्तुतहरुको भण्डाफोर हुने डरले सूचना दिन ईन्कार गरेको स्पष्ट देखिन्छ । व्यक्ति जुनसुकै दल, संघ संस्था वा निकायसँग सम्बन्धीत रहेको भएतापनि आम नागरिकको हैसियतमा सूचना माग गरिसकेपछि सहज ढंगले सूचना पाउनुपर्ने स्पष्ट प्रावधान रहेकोछ ।

अतः यस घटनाको स्थानिय प्रहरी प्रशासनद्वारा स्पष्ट छानबिन गरी, पिडित यादवले दिएको किटानी जाहेरीको आधारमा कुटपिटमा संलग्न व्यक्तीहरुलाई कानुन बोमोजिम कारवाहीको दायरामा ल्याउन स्थानिय प्रशासन समक्ष जोडदार माग गर्दछौं । साथै राष्ट्रिय सूचना आयोगले समेत यथाशिघ्र उक्त घटनाको बारेमा छानबिन गरी घटनामा संलग्न दोषी पदाधिकारीहरुमाथी यथाशिघ्र कारवाही अगाडी बढाउन र पिडित सूचना मागकर्ता यादवको उपचारका लागि पहल गरिदिनका साथै उचित क्षेतीपूर्ति समेत पिडकहरुबाटनै भराई पिडितले माग गरेको सूचना समेत दिलाउनका लागि ठोस र उचित आदेश गर्नगराउनका लागि जोडदार माग गर्दछौं ।

“सम्पूर्ण अधिकारको एउटै अधिकार सूचनाको अधिकार” लाई मूर्त रुप दिन देशैभरी हजारौंको संख्यामा अहोरात्र स्वयंसेवी भावले क्रियाशिल रहनुभएका सूचनाको हकका अभियन्ता साथीहरुलाई यस्तो निरंकुश, भ्रष्ट र तानाशाही प्रवृतिको घोर विरोध गर्दै स्थानिय सरकारलाई जवाफदेहि र सुशासनमुखी बनाउन आ–आफ्नो नजिकको स्थानिय तहहरुमा सूचना माग अभियानलाई अझ् तिव्र बनाई स्थानिय नागरिकहरुलाई समेत आफनो र सर्वजनिक हितको सूचना निर्धक्क सँग माग गर्नका लागि जनचेतना जगाउन आव्हान गर्दछौं । आफ्नो र सार्वजनिक हितको विषयमा वा सवालमा थाहाँ पाउने अधिकार आम नागरिकको मौलिक अधिकार हो ।
जय आर टि आई ।

केन्द्रिय समितिको तर्फबाट ः
उम्मीद बागचन्द                                 विश्वजीत तिवारी                            अजय कुमार साह
   संयोजक                                          सह–संयोजक                                   सदस्य सचिव

प्रदेश समितिको तर्फबाट ः
राजु श्रेष्ठ÷विष्णु चौलागाई (प्रदेश नं.१) , मुकेश कुशवाहा÷मनोजप्रसाद रौनियार (प्रदेश नं.२) , शर्मिला पंण्डित÷कुमार अधिकारी(बागमति प्रदेश), दिपक आचार्य (गण्डकी प्रदेश), बसन्त बन्जाडे (लुम्बीनी प्रदेश), खगेन्द्र भट्टराई÷गणेश बानियाँ (कर्णाली प्रदेश), प्रेम ढुँगाना (सुदुरपश्चिम प्रदेश)  

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com