२०७७ कात्तिक ५, बुधबार

img-responsive

०७:१९:१७

 

सानिमा जनरल इन्स्योरेन्सको आइपिओ (IPO)भर्ने आज अन्तिम दिन

img-responsive
गोठालो खबर -२ २०७७ असाेज २५, आइतबार ,११:०७:AM  
img-responsive

असोज २५, काठमाण्डौ।

सानिमा जनरल इन्स्योरेन्स लिमिटेड को प्राथमिक सेयर आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। असोज २१ गतेदेखि सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ आज २५ गते बाट बन्द हुनेछ। कम्पनीले सय रुपैयाँ अंकित ३० लाख कित्ता आईपीओ निष्काशन गरेको छ। कर्मचारी र म्युचुअल फन्डहरुलाई छुट्याएर बाकि रहेको २७ लाख ३० हजार कित्तामा  सर्वसाधारणले शेयरका लागि आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा  शुक्रबारसम्म मा करिब साढे ७ लाख लगानीकर्ताहरुले आवेदन दिइसकेका छन्। 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com