२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:११:३६

 

प्रदेश नं. ५ को प्रदेश सभामा तोडफोड, कांग्रेस सांसदहरुलाई घिसारेर बाहिर लैजान मन्त्री कै निर्देशन

img-responsive
गोठालो खबर -३ २०७७ असाेज १९, साेमबार,१०:३५:PM  
img-responsive

रुपन्देही, १९ असोज। प्रदेश नं. ५ को प्रदेश राजधानी तोक्ने विषयले बजार तातिएको बखत नै प्रदेश सभामा आज कुर्सी र माईक तोडफोड भएको छ । प्रदेश सभाहलमा सांसदहरुले सोधेको प्रश्नको जवफ दिनको लागि प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसी रोष्टममा पुगेको बेला काग्रेस नेताहरु कुर्सी तथा माईकहरु तोडफोडमा उत्रिएका थिए । यो दृश्य देखिरहेका मन्त्रि कुल प्रसाद केसीले आफ्नो मर्यादा नै भूलेर अपमान र अशिष्ट भाषा कांग्रेस सांसादहरुलाई घिसारेर बाहिर निकाल्न मर्यादापालकहरुलाई दिएको निर्देशनले निकै दुःख लाग्दो र खेद जनक शब्द प्रयोग भएको छ भने अर्को तर्फ जनताको कर र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको साटो त्यही जनताको सम्पत्तिलाई तोडफोडमा उत्रने कांग्रेस सांसदहरुले गरेको कार्य त्यो पनि क्षमा योग्य छैन।

नेपालमा संघीयताको कार्यन्वयनको प्रारम्भ भएको पनि ५ बर्ष पुगिसकेको छ । राज्यको पुनः संरचना गर्दै नेपाललाई एकात्मक राज्यबाट संघात्मक राज्याम रुपान्तरण गर्न संघ, प्रदेश र स्थानीय तहको ब्यवस्था गरिएको हो । नेपालको बर्तमान संबिधानको बिभिन्न धारा र अनुसूचीहरुमा बिभिन्न तहको फरक-फरक अधिकारको ब्यावस्था गरिएको छ । तर यसको ठिक बिपरित केन्द्रिकृत मानसिकता बाट ग्रसित राजनीतिक संयन्त्रमा रुमल्लिएका तथाकथित शासकहरु आफ्नो पकट जमाई राख्न प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन खोजेको देखिन्छ । जसको पुष्टि आज प्रदेश नं. ५ मा घटाएको घटना बाट नै प्रष्ट हुन्छ । संघीयताको मर्म अनुरुप प्रदेश र स्थानीय स्तरलाई आफ्नो अधिकार प्रयोग गर्न दिएको मर्म विपरित बागमती प्रदेशको नामकरण र राजधानी तोक्ने सम्बन्धमा केन्द्रको नेताहरुको निर्देशनले पनि अझै एकात्मक शासनको झल्को दिईरहेको छ । त्यसै गरि संघीयताको परिकल्पना र मर्म भन्दा उल्टो दिशामा कार्यन्वयनको प्रक्रिया, विधि, तौर तरिका र बुझाई रहेको देखिन्छ । प्रदेश नं. ५ को घटनाले प्रदेशको मात्र नभएर नेपालकै साख गिरेको छ । आजको समाजमा यस्ता गतिविधिहरु पाच्य नहुने भएता पनि मन्त्री र सांसादहरुको यो हर्कतले नेपालको राजनीति अझै फोहोरी खेल हो भन्ने कथनलाई सावित गर्दैछ।

लोकतान्त्रिक शासन पद्धतिमा सत्ता पक्ष र प्रतिपक्षको भूमिका अहम हुने गर्दछ । प्रदेश नं. ५ को यो घटना सार्वभौम सांसदहरु प्रति सत्तापक्ष कै आन्तरिक मामिला तथा कानून मन्त्री कूल प्रसाद केसीले प्रयोग गरेका शब्दावलीले आफ्नो तथा सांसदहरु समग्र कै मर्यादा कायम राख्न सकेन भने सत्तापक्षमा यहि दम्भ रहिरहेमा यसले देश र जनताको हित नगर्न सक्छ।  लोकतन्त्रको वकलत गरेर कहिल्यै नथाक्ने नेपाली कांग्रेस देखाएको अलोकतान्त्रिक क्रियाकलापले पनि फेरि एक पटक लोक हसाएको छ । उसले जनताको कर र सार्बजनिक सम्पत्तिको संरक्षण गर्नुको साटो कुर्सी र माईक तोडफोड गरेर कांग्रेस कति लोकतान्त्रिक हो भन्ने प्रश्न खडा गरिदिएको छ । यस घटनाले दुबै पक्षले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नसकेको, आफ्नो मर्यादा, नैतिकता, सदाचारीता र ईमान्दारीता कायम गर्न नसकेको पनि प्रष्ट पारेको छ । यस घटनाले प्रजातान्त्रिक मूल्यमान्यतालाई समेत उल्टो गतिमा हिडाईदिएको छ । यहि गतिविधिले राजनीति फोहोरी खेल हो भन्ने कावत त सावित हुन खोज्दैछ भने राजनीतिमा आउन चाहने नयाँ पुस्तामा समेत गलत नजीर बस्ने खतरा उत्तिकै रहेको छ । 

संघीयताको मूल मर्म जनप्रतिनीधिहरु मार्फत जनताको जायज माग, उसको छनौट र अधिकारको कदर गर्दै देश र जनताको पक्षमा कार्य गर्नु हो । यहि मान्यतामा आधरित रहेर एकात्मक राज्यलाई पुनःसंरचना मार्फत संघीयतामा गएर नजिक बाट जनताको सेवा गर्ने अवधारणा अनुरुप संघियताको मोडेल; केन्द्र, प्रदेश र स्थानिय तहको संरचना खडा गरिएको हो । तर यसको विपरित एकात्मक राज्य सत्ताको रोग प्रदेश र स्थानीय तहमा लैजाने हो भने संघीयता प्राप्तिका लागि गरिएको गौरवपूर्ण बलिदान र  इतिहास नै संकटमा पर्ने खतरा हुन सक्छ । 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com