२०७७ कात्तिक १५, शनिबार

img-responsive

१०:२७:०६

 

भोजपुरमा रंगशाला बन्दै, निर्माणको काम ४० प्रतिशत सम्पन्न

img-responsive
वाई राज विष्ट , २०७७ असाेज १८, आइतबार ,०३:५०:PM  
img-responsive

भोजपुर, १८ असोज । प्रदेश– १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात तथा लकडाउनमा समेत निरन्तरता दिएकोले कामले गति लिएको हो ।  सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु.१४ करोड ५ लाख लागतमा गत मंसिर महिनाबाट रंगशालाको निर्माण शुरु भएको हो । २०८० सालसम्म निर्माण अवधि भएपनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ ।

 मार्सेली निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने,‘लकडाउनमा चार महिना हामीले काम गर्न पाएनौ, त्यसपछि हामीले तिव्र गतिमा सञ्चालन गरिरहेका छौँ। सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आर्थिक वर्षको असार महिना सम्म निर्माण पुरा गछौँ ।’ हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउने लगाएत स्टक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगाएतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । २३ रोपनी क्षेत्रमा निर्माण भईरहेको रंगशालामा ५ हजार मानिस अट्न सक्ने गरि ७ ओटा प्याराफिड निर्माण हुने कार्यालयले जनाएको छ ।शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाले समेत अनुगनम गर्दै आएको छ । यो विषम परिस्थितीमा पनि कामको प्रगती राम्रो पाईएको कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाका प्रमुख मिलन आचर्यले भने, ‘निर्माण स्थलमा भइरहेको काम हेर्दा तिव्रगतिमा गुणस्तरिय ढंगबाट भइरहेको छ । निर्माण कम्पनीले समयमा बजेटको व्यवस्था भएमा तोकिएको अवधि भन्दा अगाडि नै काम सक्छु भनेका छन्, तर कोभिडका कारण बजेट पठाउन केहि समस्या देखिएको छ, यद्यपी सरकारले यस्ता काम बजेटको कारण अलपत्र बनाउँदैन।’ अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उहाँले बताउनुभयो । कोभिडको कारण  निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको समेत जानकारी दिए । ‘उहाँले काम निरन्तर गरिरहनु भएको छ, कोभिडको कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनौं तर पनि उहाँले काम निरन्तर गरिरहनु भएको छ, यो खुसीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नको लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ ’’ प्रमुख आचर्यले भने ।

कामलाई गुणस्तरिय बनाउनका लागि इन्जिनियरहरुले नियमित रुपमा अनुगमन तथा चेक जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्ड अनुसारको रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इन्जिनियर रजनिस कुमार झाले बताए । 

उहाँले भने,‘ हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ। निर्माण कार्य गुणस्तरिय तबरबाट तोकिएको मापदण्ड अनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।’

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com