२०७७ कात्तिक १०, साेमबार

img-responsive

०७:१३:५४

 

मानव अधिकार कार्यान्वयनका लागि नेपालमा गरिएको व्यवस्था बारे उल्लेख गर्दै नेपालमा यसको प्रत्याभूतिका लागि देखा परेको समस्या बारे समेत चर्चा गर्नुहोस । (लोकसेवा दर्पण)

img-responsive
गोठालो खबर -३ २०७७ असाेज १६, शुक्रबार,०८:१०:PM  
img-responsive

मानव अधिकार कार्यान्वयनका लागि नेपालमा गरिएको व्यवस्था बारे उल्लेख गर्दै नेपालमा यसको प्रत्याभूतिका लागि देखा परेको समस्या बारे समेत चर्चा गर्नुहोस । (लोकसेवा दर्पण)

(बिषयगत )

मानव अधिकार

मानव भएको नाताले प्राप्त गर्ने नैसर्गिक अधिकार मानव अधिकार हो । यो व्यक्तिको जीवन, स्वतन्त्रता,समानता र मर्यादासँग सम्बन्धित जन्मसिद्ध प्राप्त गर्ने अधिकार हो । यो Equality and non-discrimination, participation and inclusion, Accountability, Incivility, Universality and inalienable जस्ता सिद्धान्तमा आधारित हुन्छ ।

नेपालमा मानव अधिकार कार्यान्वन सम्बन्धि गरिएका व्यवस्था

नेपालमा मानव अधिकार कार्यान्वयनका लागि कानूनी तथा संस्थागत व्यवस्था गरिएको छ जसलाई निम्नानूसार उल्लेख गर्न सकिन्छ;

कानूनी व्यवस्था

    नेपालको वर्तमान संविधान
    राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८
    सूचनाको हकसम्बन्धी ऐन २०६४
    यातना तथा क्षतिपूर्तिसम्बन्धी ऐन २०५३
    ट्रेड युनियन ऐन २०४९
    श्रम ऐन २०४८
    नागरिक आधिकार ऐन २०१२ आदि

संस्थागत व्यवस्था

    राष्ट्रिय मानव अधिकार आयोग
    अदालतहरु
    गृह प्रशासन, प्रहरी र सेना
    न्यायिक निकाय र महान्याधिवक्ता
    विभिन्न मन्त्रालयहरु
    आयोगहरु आदि

नेपालमा मानव अधिकार प्रत्याभूतिका लागि देखापरेका समस्याहरु

१. नीतिगत समस्या

 मानव अधिकारको संरक्षण,संवद्र्धन,विकास र व्यवस्थापनका लागि सु स्पष्ट नीतिको अभाव
 अन्तराष्टिय परिवेशमा गरिएका प्रतिवद्धता र दायित्व अनूरुप कानून तर्जुमा तथा सोको कार्यान्वयन हुन नसक्नु
 प्रचलित कानूनहरुलाई समयानूकुल रुपमा परिमार्जन नगरिनु

२. संरचनागत र कार्यविधिगत समस्या

 मानव अधिकार संरक्षण गर्ने निकायको क्षमता विकासमा ध्यान नदिनु
 मानव अधिकार आयोगको संस्थागत संरचना कमजोर रहनु
 मानव अधिकारको संरक्षण गर्ने निकायहरुमा अनुगमनका लागि प्रयाप्त संरचनाको अभाव रहनु
 मानव अधिकार मैत्री वातारणको सिर्जना गर्न नसक्नु
 मानव अधिकार संरक्षण र संवद्र्धनमा काम गर्ने निकायबीच समन्वयको अभाव
 मानव अधिकार उल्लंघनका सबै घटानालाई कानूनी दायरामा ल्याउन नसक्नु

४. अन्य समस्या

 मानव अधिकार प्रतिको संवेदनशीलताको अभाव आम जनमानसमा  रहनु
 दण्डहिनतालाई राजनीतिक संरक्षण गर्ने प्रवृति हाबी रहनु
 सम्वद्ध निकाय र सो सँग सम्बन्धित पदाधिकारीद्धार उक्तरदायित्व पन्छाउने प्रवृतिको विकास हुन
 मानव अधिकारको संरक्षण गर्ने अधिकारीहरुमा सो बारेमा प्रयाप्त ज्ञान नहुनु
 मानव अधिकार संरक्षणको बिषय सरोकारवाला निकायको प्राथामिकतामा नपर्नु

निष्कर्ष

मानव अधिकार एक आधारभूत, अविभाज्य, अविछिन्न, जन्मसिद्ध तथा अपरिहार्य अधिकार हो । नेपालमा मानव अधिकार संरक्षणका लागि विभिन्न प्रयासहरु भएपनि त्यसको कार्यान्वयनमा जटिलता आएको पाईन्छ । तसर्थ निर्माण भएका नीतिको पूर्ण कार्यान्वयन गर्दै मानव अधिकार सँग सम्बन्धित निकायको क्षमता अभिबृद्धिमा ध्यान दिनुपर्दछ । साथै मानव अधिकार उल्लघंन कर्तालाई राजनीतिक संरक्षण गर्ने परिपाटीको अन्त्य गरि कडा भन्दा कडा कानूनी कारबाहिको दायरामा ल्याउनु पर्दछ ।

नरेन्द्र पराजुली 
 शाखा अधिकृत

(बस्तुगत/सामान्य ज्ञान)

 

१) नेपाल “ए” क्लासको एसियन राजमार्ग संग कहिले जोडियो ?

  • वि.सं २०७७/६/१० मा, एसियन हाईवे रुट - २ थाइल्याण्डको बैंकक बाट सुरु भई म्यानमार, भारत हुदै नेपालको काकडभिट्टा बाट पूर्व पश्चिम राजमार्ग भएर बनबासा र त्यहा बाट भारतको दिल्ली हुदै पाकिस्तानको कराँची पुग्दछ ।

२) सन् २०२० को “गोल किपर्स ग्लोबल गोल प्रोग्रेस” अवार्ड पा्रप्त गर्ने नेपाली को हुन ?

  • बोनिता शर्मा

३) नेपालको वर्तमान संविधान बमोजिम गाउँ तथा नगर सभाको कार्यकाल समाप्त भएको मितिले कति समय भित्र अर्को चुनाब सम्पन्न गरि सक्नु पर्दछ ?

  • छ महिना भित्र 

४) वि.सं २०७६/६/१५ को मन्त्रिपरिषद बैठकले २५ औँ मुख्य सचिबमा कसलाई नियुक्त गरेको छ?

  • शंकरदास बैरागी, ( नेपालको पहिलो मुख्य सचिब चन्द्र बहादु्र थापा हुन)

५) विश्व मुटु दिवश कहिले मनाईन्छ ?

  • प्रत्येक वर्ष सेप्टेम्बर २९ मा

६) नेपालमा शासकिय सुधार कार्यक्रममा सहयोग गर्ने अन्तराष्ट्रिय निकाय कुृन हो ?

  • एसियाली विकाश वैंक 

७) नेपालमा कमैया मुक्त घोषणा कहिले भयो ?

  • वि.सं २०५७ /४/२ 

८) कुन कानुनलाई नागरिक संविधान पनि भन्ने गरिन्छ ?

  • देवानी कानुन 

९) विश्वमा योजनाबद्ध विकासको सुरुवात कुन देश बाट भएको हो ?

  • रुस 

१०) चराहरुको महादेश भनि कुन महादेशलाई चिनिन्छ ?

  • दक्षिण अमेरिका 

११) “हिउँ तारा” भनेर कसलाई चिनिन्छ ?

  • बाबुछिरी शेर्पा

१२) माल्दिभ्सको संसदलाई के भनिन्छ ?

  • मजलिस 

१३) भगवान बुद्धले अत्याधिक माया गर्ने चेला को थिए ?

  • आनन्द  (बुद्धलाई अत्याधिका माया गर्ने चेला सुभद्र थिए) 

१४) सबै भन्दा कम जनसङ्ख्या भएको स्थानिय तह कुन हो ?

  • नार्पाभूमी गाउँपालिका (मनाङ) 

१५) म्याराथनको युद्ध कुन-कुन देश वीच भएको थियो ?

  • ग्रीक र पर्सिया 

१६) नेपालको कुन सहरलाई हरित सहरको उपनामले चिनिन्छ  ?

  • हेटौडा 

१७) साहित्यमा कति रस हुन्छन ?

  • नौ रस 

१८) मिश्रित अर्थ ब्यावस्था सिद्धान्तका प्रतिपादक को हुन ?

  • J.M.king

१९) निर्वाचन आयोगलाई कुन संविधान बाट संबैधानिक निकायको रुपमा स्थापित गरिएको हो ?

  • नेपाल अधिराज्यको संविधान २०१५ 

२०) नेपालको ईतिहासमा कुन अबधिलाई मल्ल कालमा रुपमा चिनिन्छत्र ?

  • १३ औँ देखि १७ औँ शताब्दी 

       समाप्त
 

प्रतिक्रिया दिनुहोस्
© 2020 All rights Reserved to gothalokhabar.com
Powered By: NectarDigit.Com